बर्खास्तीपछि वामदेवको प्रतिक्रिया :कम्युनिस्ट भन्न पनि अब लाज लाग्ने भयो
अध्यक्ष केपी ओलीको एकल निर्णयबाट अरुसङ्गै बर्खास्त एमाले उपाध्यक्ष वामदेव गौतमले ओलीको कार्यशैलीले अराजकताको पराकाष्ठा नाघेको बताउनुभएको छ ।
केही समयअगाडि ओलीले एकलौटी ढंगबाट इश्वर पोख्रेलबाहेकका सबै पदाधिकारीलाई खोसुवा गरेपछि गौतमले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले ओलीले फासीवादी चरित्र देखाएको पनि बताउनुभयो। ‘यो पार्टी संचालनमा फासीवादी चरित्र हो । अराजकताको पराकाष्ठा नाघ्यो’,गौतमले भन्नुभयो, ‘ओलीको निर्णयले कम्युनिष्ट भन्न पनि लाज लाग्ने स्थिति बन्यो ।
‘ओलीले शुक्रबार एकलौटी निर्णय गर्दै आफ्नो गुटका महासचिव ईश्वर पोखरेलबाहेक सबै पदाधिकारी हटाउनुभएको थियो । गौतमले ओलीकै कारण एमालेलाई अब कम्युनिष्ट पार्टी भन्न नसकिने स्थिति बनेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
‘अहिलेसम्म कम्युनिष्ट पार्टीको नेता भन्न चैं सकिने स्थिति थियो । कम्युनिष्ट पार्टीका सबै सिद्धान्तहरु परित्याग गरेपछि उनलाई अब कसरी कम्युनिष्ट पार्टीको अध्यक्ष भन्ने ? गौतमले प्रश्न गर्नुभयो ।
टिप्पणीहरू