केपी ओलीको उमेर हद हट्यो
माओवादीसङ्ग तीन बर्षको सहकार्यवीच दुई पार्टीका अध्यक्षले सुताएको र २३ गते अदालतको आदेशमा ब्युँतिएको एमालेमा नयाँ नयाँ फण्डा शुरु भएको छ ।
माधव-खनाल खेमालाई पूरै बाहिर राखेर सो पक्षको जिम्मेवारीसमेत खोसेको आजको केन्द्रीय कमिटी बैठकले ०७० सालमा दशौ भृकुटीमण्डप महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओलीको हकमा उमेर सम्बन्धी ७० बर्षे सम्भावित अवरोधलाई बाधा अडकाउका नाममा हटाइदिएको छ ।
उहाँले सर्वोच्च अदालतको संबैधानिक इजलासबाट बिघटित प्रतिनिधिसभा ब्युतिएकै दिन फागुन ११ गते ७० औं जन्मदिन मनाउनुभएको थियो ।
आजै उहाँ पक्षको बैठकले आगामी मङ्सिर २ देखि ६ सम्म ११ औं महाधिवेशन गर्ने भनिसकेपछि कहिँ कतैबाट समस्या सिर्जना हुन नपाओस् भनी नेतृत्वमा रहन ७० बर्ष कटेको हुन नहुने प्रावधान काटकुट पारिदिएको हो । यसअघि एमालेको ७० बर्षे प्रावधानलाई कारक देखाउँदै मोदनाथ प्रश्रितले राजनैतिक सन्यास लिनुभएको थियो ।
टिप्पणीहरू