माओवादीबाट मन्त्री बनेकाहरुलाई २४ घण्टे अर्को पुर्जी चलानी
माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठक भोलिसम्मको लागि स्थगित भएको छ । पार्टीको नामको बारेमा सामान्य छलफल भएपनि टुंगोमा नपुगिएको स्रोतले बताएको छ ।
त्यसबारे भोलि निर्णय हुने सम्भावना रहेको सहभागी एकजना केन्द्रीय सदस्यले बताएका छन् । एमाले पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी लिएर माओवादी केन्द्रबाट मन्त्री भएकाहरूलाई कारबाहीको लागि २४ घण्टाको समय उल्लेख गरेर आज पत्र पठाउने काम हुनै लागेको बताइएको छ ।
पत्रमा ‘पहिले यता थियौ,अहिले उता गएको सुनियो,वास्तविकता के हो ? २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिनु’ भन्ने व्यहोरा लेखिएको स्रोतको दाबी छ ।
आजको बैठकमा मन्त्रीमा गएका र एमाले केन्द्रीय सदस्य बनेका बाहेक अरु सबैको उपस्थिति रहेको केन्द्रले जनाएको छ ।
टिप्पणीहरू