माओवादीको केन्द्रीय कमिटी बैठक शुरु

माओवादीको केन्द्रीय कमिटी बैठक शुरु

हिजोदेखि जारि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा शुरु भएको छ । अहिले बिहान ११ बजेदेखि बैठक शुरु भएको हो।

बैठकमा विभिन्न ६ वटा एजेण्डामाथि छलफल गर्ने कार्यसूची छ । आइतबारको बैठकमा प्रदेश र केन्द्रीय कार्यलयका तर्फबाट नेताहरुले रिर्पोटिङ गरेका थिए । आज केन्द्रीय सदस्यहरुले धारणा राख्ने बताइएको छ ।

बैठकको प्रारम्भ गर्दै हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामायिक राजनीतिक परिस्थिति,नयाँ सरकार गठन र पार्टी एकताबारे धारणा राख्नुभएको थियो ।

प्रचण्डले क्रान्तिकारी पार्टी निर्माणका लागि इमान्दारिताका साथ पार्टी एकता गरेको भएपनि प्रतिक्रान्तिकारी सोच हावी हुँदा एकताले पूर्णता: पाउन नसकेको बताउनुभएको थियो ।

टिप्पणीहरू