बिप्लवका पत्रकारलाई तालिम
नेत्रविक्रम चन्द विप्लव निकट मानिएको रातोखबर प्रकाशन गृह र जनपत्रकार सङ्गठनको संयुक्त आयोजनामा पत्रकारिताको आधारभूत तालिम संचालन हुँदैछ ।
“प्रेस तथा स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्धता,मानवअधिकार रक्षा र सामाजिक उतरदायित्वका लागि जनपत्रकारिता” भन्ने मूल नाराका साथ् बिहान ११ बजे बागबजारस्थित हार्दिक होटलमा शुरु भएको तालिमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का गत हप्ता काभ्रे प्रहरी हिरासतबाट छुटेका नेता धर्मेन्द्र बाँस्तोलाले गरेका छन् ।
कार्यक्रममा लेखक तथा संस्कृतिकर्मी अनिल शर्मा बिरही,वरिष्ठ पत्रकार युवराज घिमिरे, बरिष्ठ अधिवक्ता एकराज भण्डारी,रातो खवर प्रकाशन गृहका निर्देशक बसन्त श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्टलगायतको उपस्थिति रहेको बताइएको छ ।
टिप्पणीहरू