भावनात्मक सम्बन्धले जुराएको रास्ट्रपतिको ढाका यात्रा
आफ्ना समकक्षी मोहम्मद अब्दुल हमिद नेपाल आएको झण्डै डेढ बर्षपछि राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणको लागि बंगलादेशको राजधानी ढाका जाने हुनुभएको छ ।
ढाकामा हुन लागेको बंगलादेशका राष्ट्रपिता ‘बंगबन्धु’ शेख मुजिबुर रहमानको जन्मशताब्दी महोत्सवमा भाग लिन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । तालिकाअनुसार उहाँ चैत ९ गते ढाका गएर भोलिपल्ट स्वदेश फर्किने कार्यक्रम छ ।
बंगलादेशका प्रथम राष्ट्रपति तथा पछि प्रधानमन्त्री समेत रहेका रहमानको सन् १९७५ मा भएको बंगलादेश स्वतन्त्र संग्रामलगत्तै सेनाबाट सपरिवार निवासमै हत्या गरिएको थियो ।
पूर्वी पाकिस्तानको नामले चिनिने बंगलादेशमा सन् १९४९ मा जन्मेकी,अवामी लिगको संस्थापक रहेकि र बुबा,आमा,दाइ भाइको सामुहिक सम्हार हुँदा बेलायतमा अध्ययनरत रहेकै कारण बचेकी उनकी छोरी शेख हसिना अहिले बंगलादेशको प्रधानमन्त्री हुनुहुन्छ ।
यता भने नेकपा एमाले महासचिव तथा दासढुंगामा मारिनुभएका जननेता मदन भण्डारीकी श्रीमती राष्ट्रपति हुनुहुन्छ । यसकारण पनि दुई देशका रास्ट्रप्रमुख र सरकार प्रमुखवीच भावनात्मक सम्बन्ध जोडिएको पाइन्छ ।
स्रोतका अनुसार राष्ट्रपतिको २५ जनाको टोलीलाई नेपाल वायुसेवा निगमको विशेष विमानले ढाका लैजाने र ल्याउने छ । उहाँसँगै बंगलादेशमा नेपाली कलाकारको जम्बाे टोलीसमेत जाने छ ।
टिप्पणीहरू