वार्तामा प्रधानमन्त्रीको बाह्रै टक्का
एमालेका दुईपक्षबीच केही बेरअघि पार्टी मुख्यालय धुम्बाराहीमा भएको वार्ता अनिर्णित रुपमा टुंगेको छ । झण्डै २ घण्टा १० मिनेट जति भएको कुराकानीमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आफूले गरेका अवैधानिक कदम नसच्याउने मुडमा प्रस्तुत हुनुभएपछि दुवैपक्ष उठेको र अहिले एकछिनमा बानेश्वर पुगेर नेता,कार्यकर्तालाई सोवारे माधव नेपाल पक्षले बृफिङ्ग गर्न लागेको बताइन्छ । तिक्ततापूर्ण अवस्थामा भएको छलफलको अन्त्यमा भने सामान्य औपचारिकताको छनक देखिएको सहभागी एकजना नेताले बताउनुभएको छ ।
छलफलमा कुरोको चुरो गत फागुन २८ गते बालुवाटारमा भएको सीमित व्यक्तिको उपस्थितिलाई केन्द्रीय समितिको बैठक भनी गरिएको ब्याख्यामा गएर अड्किएको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बालुवाटारमा भएको गुटभित्रको आन्तरिक छलफललाई केन्द्रीय समितिको बैठक मान्न नसकिने अडान लिएको थियो भने प्रधानमन्त्रीले त्यसैमा अड्डी कस्नुभएको थियो ।
शुरुमै प्रधानमन्त्रीले ‘तपाईंहरु किन त्यो बैठकमा नआउनुभएको ?’ भनेर अस्ति शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको भेलामा बोलेझैँ सोह्रै आना झूठो बोल्नुभएको बताइन्छ ।
नेपालको भनाई उद्धृत गर्दै स्रोतले भनेको छ ‘त्यो दिन तपाईंहरु ५० जनाको बसाईलाई कसरी केन्द्रीय कमिटीको बैठक मान्ने ? २८ गते तपाईंले बैठक भनेर बोलाउनुभएकै थिएन भने कसरी त्यो बैठक भयो ? हामीले पाएको जानकारीअनुसार त्यो दिन तपाईंले आफ्नै गुटको पनि भित्रियाहरुलाई चिया खाएर गफिनको लागि बोलाउनुभएको थियो ।’
नेता नेपालले त्यसो भनिरहँदा सुनिरहनुभएका प्रधानमन्त्रीलाई अवगत गराउने क्रममा उहाँले थप्नुभयो ‘पहिले चैत १ गतेको लागि केन्द्रीय समितिको बैठक बोलाइएको भनेर हल्ला गरियो । अनि तपाईंनिकट साथीहरुले फागुन २८ गतेको छलफललाई यसो रणनीति तयार गर्न बोलाइएको भनेर चर्चा गर्नुभएको थियो । किनभने हामीले अर्याल होटलमा गरेको भेला र छलफललाई काउण्टर दिन २८ गते प्रधानमन्त्रीले आफ्नो टिमका मान्छेहरुसँग सल्लाह गर्नुभएको भनेर तिनै साथीहरुले भनिरहेका छन् ।’
स्रोतका अनुसार विधान विपरित निर्णय गरिएको २८ गतेको बैठक केही मिनेटको अन्तरमा दुईवटा राखिएको माइन्युटबाट प्रष्ट भएको छ । त्यो दिनको माइन्युटमा १० र ११ औं केन्द्रीय कमिटीको बैठक भनेर लेखिएको छ । पाँच मीनेटको अन्तरमा बसेको भनिएको १० औं बैठकले रामबहादुर थापा बादललगायत २३ जनाको मनोनयन गरेको र ११ औंमा निर्वाचित पदाधिकारीहरुलाई बर्खास्तीसँगै तुरुन्तै सङ्गै राखेर त्यहीँको त्यहीँ नयाँ जिम्मेवारी दिइएको थियो ।
आज धुम्बाराहीमा भएको वार्तामा पनि शुरुमै प्रधानमन्त्रीले ‘तपाईंहरु किन त्यो बैठकमा नआउनुभएको ?’ भनेर अस्ति शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको भेलामा बोलेझैँ सोह्रै आना झूठो बोल्नुभएको बताइन्छ ।
सवाल जवाफको क्रममा नेपाल पक्षले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि २८ गते एकाएक सीमित व्यक्तिको उपस्थितिमा दुई वटा बैठक राख्न तपाईंलाई किन र के को आवश्यकता परेको थियो ? भनेर सोधेको थियो । उहाँहरुले प्रधानमन्त्री ओलीलाई ‘आफूलाई लागेको कुरो औपचारिक बैठकमा ल्याएको भए हुन्थ्यो,’ भन्दै २८ गतेको बैठक कदापी मान्य नहुने जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्रीलाई सुझाव दिने क्रममा नेता नेपालले भन्नुभयो ‘सल्लाह गरौं,भोलिको चियापान स्थगित गर्नुहोस्, ७ गतेको बैठक पनि स्थगित गर्नुहोस्,थप सल्लाह गरेर मात्र केन्द्रीय कमिटीको बैठकको निम्ति अर्को मिति तोकौं, अन्यथा मान्न सकिन्न ।’
तीन वटा कुरा मान्नुपर्ने विषय हाम्रो माग होइन । अदालतको आदेश पालना गर्ने भनिएको मात्र हो ।
जवाफमा प्रधानमन्त्रीले ‘होइन, २८ गतेको निर्णयलाई मानेर जाऔँ । त्यो दिनको बैठकबारे कुनै असहमति छ भने तपाईंहरुले ७ गतेको बैठकमा उपस्थित भएर असहमति जनाए भइहाल्यो,’ भन्नुभयो ‘बरु तपाईंहरुको ४ र ५ गतेको राष्ट्रिय भेला रोक्नुहोस् ।’
प्रधानमन्त्रीको उक्त कुरो सुन्ने बित्तिक्कै नेपालले भन्नुभयो ‘अहिले भेला रोक्न सकिँदैन । सहमति हुँदा र मिल्दा भेला आयोजनाको जरुरी पनि छैन । हामीले तपाईंसँग कुनै अतिरिक्त माग गरेका छैनौं ।’ नेपालको दाबी थियो ‘सर्वोच्च अदालतले गरेको फैसलामा तीन वटा मुख्य विषय आकर्षित छ । एउटा सिंगो एमाले पुनर्स्थापना भएको छ । त्यो भनेको विधानसहितको नेकपा एमाले पुनर्स्थापित भएको हो ।
त्यसैगरी हाम्रा सबै कमिटीहरु पनि स्वतः पुनर्स्थापित भएका छन् । त्यसैले ती तीन वटा कुरा मान्नुपर्ने विषय हाम्रो माग होइन । अदालतको आदेश पालना गर्ने भनिएको मात्र हो ।’
टिप्पणीहरू