सेनाले पठायो तीन बाकस

सेनाले पठायो तीन बाकस

नेपाली सेनाले निर्माणको जिम्मा पाएको तराई-मधेस द्रुतमार्ग (फास्टट्रयाक) ठेक्का प्रक्रियामा अनियमितताको आशंकासहित संसद्को सार्वजनिक लेखा समितिले रक्षा मन्त्रालयमार्फत सेनालाई प्रश्न सोध्दा आज जङ्गीअड्डाबाट तीन बर्षलाई पढ्न पुग्ने कागजात पठाइदिएको छ ।

दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिताको सम्बन्धमा अध्ययन गरिरहेको समितिले हिजो सेनालाई विभिन्न १० वटा प्रश्न सोधेको थियो ।

सेनाले भने समितिमा जवाफ दिन एक गाडी कागजपत्र तयार पारेको बुझिएको छ । जंगी अड्डाबाट ठुल्ठूला बाकसमा लोड गरिएका एक डङ्गुर कागजपत्र बोकेको बा २ झ ३३ ७५ नम्बरको भ्यान अहिले सिंहदरबार छिरेको छ ।

उजुरीमा पेश गरिएको कागजातका आधारमा समितिले विभिन्न १० बटा विषयमा प्रतिक्रिया मागेको थियो । सेनाले पठाएको एक गाडी कागजपत्र पढ्न मात्र तीन वर्षभन्दा बढी लाग्ने भन्दै माननीयहरुले रमाइलो मानेका छन् ।-राजकुमार रायबाट

टिप्पणीहरू