माओवादीले भोलि मन्त्रीहरूलाई कार्वाही गर्दै

माओवादीले भोलि मन्त्रीहरूलाई कार्वाही गर्दै

नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट मन्त्री तथा सांसद बनेर अहिले एमालेतिर लागेकाहरुलाई स्पस्टिकरण पत्र बुझाउँदै अन्तिम कार्वाहीको निम्ति भोलि बिहान ८ बजे स्थायी समिति र ११ बजे सँसदीय दलको बैठक बोलाएको छ । शनिबार स्थायी कमिटी बैठकले २४ घण्टे स्पस्टिकरण सोध्ने निर्णय भएकोमा उनीहरुबाट जवाफ नआएपछि आइतबार पत्र पठाइएको एक नेताले जानकारी दिए ।

युवा तथा खेलकुदमन्त्री दावा तामाङले बाहेक अरुले पत्र बुझेको र तामाङलाई हुलाकमार्फत पत्र पठाइएको उनले बताए । ‘ मन्त्रालयमै लगेर पत्र बुझाइएको छ । एकजना बाहेक अरुले पत्र आफैँ बुझेको भन्ने छ । दावा तामाङले पत्र बुझ्न नमानेपछि हुलाकबाट पठाइएको छ’, उनले भने ।

यसबारे भोलि निर्णय हुने उनले बताए । ‘केन्द्रीय समिति स्थगित भएपछि अब भोलि बस्ने स्थायी कमिटी बैठकले निर्णय गर्छ’, उनले भने ।

शनिबार माओवादीले एमाले केन्द्रीय सदस्यमा मनोनित २३ जनालाई स्पस्टिकरण सोध्नुका साथै पार्टीका तर्फबाट मन्त्री भएका सबैलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

टिप्पणीहरू