८ महिनामा १० चोटी बढ्यो पेट्रोलियम पदार्थको भाउ
नेपाल आयल निगम लिमिटेडले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोल,डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्यबृद्धि गरेको बताएको छ ।
आज मध्यरातदेखि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १८ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेल प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक) को मूल्यमा पनि २ रुपैयाँले बृद्धि गरेर प्रतिलिटर ७४ रुपैयाँ पुर्याइएको छ ।
खाना पकाउने एलपी ग्याँस तथा हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको जनाइएको छ ।
आयल निगमले चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा आज मूल्य बढाएको १० औं पटक हो । साउन १७ गते बढाइएको मूल्यपछि काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १ सय ४ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ९० रुपैयाँ थियो ।
यो अवधिमा पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ११ रुपैयाँ बढेको छ ।
टिप्पणीहरू