कम्युनिष्टले कम्युनिष्ट सिध्याएको त्यो कालखण्ड
‘मेरो महत्वकांक्षा भनेको कम्युनिज्मलाई बिसर्जन गर्नु र सबैमा शासन चलाउनु थियो ।
अहिले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले जे–जे गर्दै हुनुहुन्छ, यी घटनाक्रमलाई ऐनाझैँ चित्रित गर्ने यो ‘वाणी’ हो, तत्कालिन सोभियत संघ विघटनसँगै कम्युनिष्ट सत्ता सिध्याउने कम्युनिष्ट पार्टीका महासचिव मिखाइल गोर्वाचोभको ।
सन् १९९१ मा सोभियत संघको विघटन र ७० वर्षे कम्युनिष्ट सत्ता अन्त्यको पाँच वर्षपछि ४ मार्च १९९६ को न्युयोर्क टाइम्समा टिप्पणी छ, ‘नम्रता गोर्वाचोभको प्राथमिकतामा कहिल्यै थिएन र उनी अहंकारी चरित्रको खेल राम्रोसँग खेल्न पनि सक्दैनन् । लामो समयसम्म घुमाउरो बन्छन् र मानिसहरूसँग कुराकानी गर्नुको सट्टा व्याख्यान दिन्छन् ।’
https://www.nytimes.com/1996/03/04/opinion/mr-gorbachev-s-ambition.html बाट र, यो टिप्पणी पनि प्रधानमन्त्री केपी ओलीको हकमा गर्दा फरक नपर्नेखालको छ ।
यसरी नेपालमा मिखाइल गोर्वाचोभको संस्करणका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली अगाडि आउनुभएको निश्कर्षमा पुगेका छन्, एमाले शीर्ष नेताहरु । जहाँबाट, जसरी र जे भने पनि, जे गरे पनि कम्युनिष्ट सिध्याउने रुचीलाई प्रस्थानविन्दु बनाउँदै उहाँले कदम चाल्नुभएको भनी एमालेको अर्को खेमाका नेताहरुले बुझ्न थालेका छन् । र, सम्झँदैछन् गोर्वाचोभले एक अमेरिकी विश्वविद्यालयको अतिथि प्रोफेसरका रुपमा दिएको मन्तव्यलाई ।
सन् २००० मा ‘नर्थस्टार कम्पास’ ले प्रकाशित गरेअनुसार ‘माई एम्बिसन वाज टु लिक्विडेट कम्युनिज्म’ शीर्षकको उक्त टिप्पणीमा गोर्वाचोभले पत्नी रेइसाको प्रेरणाले आफूमा त्यस्तो महत्वकांक्षा सवार भएको भनेका छन् । जतिबेला बोरिस यल्त्सिनले रुसी महासंघ विघटन गर्दै थिए, त्यसबेला आफू क्रेमलिनमा नभएको स्मरण त्यसमा गरेका छन् । ‘संवाददाताहरुले मलाई सोधे, के म रुन सक्छु ? तर, म रुन सक्दिनँ । किनकि साँच्चै मैले रुसी महासंघमा कम्युनिज्म नष्ट गर्ने कामको कुशल व्यवस्थापन गरेको थिएँ ।’
अहिले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले जे–जे गर्दै हुनुहुन्छ, यी घटनाक्रमलाई ऐनाझैँ चित्रित गर्ने यो ‘वाणी’ हो, तत्कालिन सोभियत संघ विघटनसँगै कम्युनिष्ट सत्ता सिध्याउने कम्युनिष्ट पार्टीका महासचिव मिखाइल गोर्वाचोभको ।
अहिले नेपालमा विकसित घटनाक्रमको एउटा पृष्ठभूमि हो, अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को अनुमोदन । प्रधानमन्त्री केपी ओली र अमेरिकाको लागि राजदूत भएर भर्खरै वासिंगटन पुगेका पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा एमसिसी विनाशर्त अनुमोदनको पक्षमा थिए । तर, त्यस्तो वातावरण निर्माण नहुँदा देशमा वितण्डा मच्चाइयो । ‘म अमेरिका र पूर्वरुसी महासंघलाई कम्युनिष्टको कोर्राबिना साझेदार बनाउन चाहन्थें, ती विश्वका शासक देश हुनसक्थे । प्रजातन्त्रतर्फको बाटो लामो हुनेछ, तर यो धेरै चाँडै आउँदैछ । सारा विश्वले अब साम्यवादको अन्तिम अवशेषहरुलाई हराउनु पर्छ !’ एकछिनका लागि मिखाइल गोर्वाचोभलाई बिर्सिएर केपी ओली सम्झँदा अहिलेको घटनाक्रमले भन्छ, यो पनि केपीकै भनाइ हो ।
०४६ को परिवर्तनपछिको एमालेलाई नै हेरौँ, ०४८ को २ सय ५ सदस्यीय प्रतिनिधिसभामा ६९ सीट ल्याएको नेकपा (एमाले) ०५१ को मध्यावधि निर्वाचनबाट ८८ सीटले संसदभित्रको ठूलो दल बन्न पुग्यो । तर, ०५४ को पार्टी विभाजनले ०५६ को निर्वाचनमा दुर्गति व्यहोर्नुप¥यो । विभाजित मालेले ६ लाख मत ल्यायो, तर संसद्मा एक सिट पनि जित्न सकेन । माले अलग भएकै कारण ४२ सीटमा एक हजार हाराहारीको मत अन्तरले जित–हार भयो । नत्र, त्यतिबेलै नेपाली राजनीतिले अर्को कोर्ष पक्डिसक्ने थियो । अर्थात्, त्यसबेला मालेले एमालेको बाटो छेक्यो । अहिले फेरि नेकपाबाट माओवादी अलग भएको छ र एमालेकै एउटा पक्ष बाहिरिने खतरा बढ्दो छ ।
अबको चुनाव ओलीद्वारा अपहेलित एमालेले जित्न नसक्ला । तर, श्रीलंकाको पोलिटिकल लिट्टे (तमिल टाइगर)जस्तो साइनाइड बोकेर आत्मघाती बाटोमा जान सक्ने भयो । लिट्टेकी धनुले मद्रासमा राजीव गान्धीलाई मारिन्, आफू पनि मरिन् । लिट्टेले राष्ट्रपति रणसिंघे प्रेमदासालाई बाँकी राखेन, आफू पनि सोत्तर भयो । अहिले तेजोवध गरेर सिध्याइएका माधव नेपालहरु पक्कै पनि भोलिको चुनावताका ‘महाराज’, ‘प्रभु’ भन्दै काँध हाल्न वा ‘त्वं शरणम्’ गर्न नजालान् । त्यसैले नेपालमा पोलिटिकल हाराकिरीको बाटो त खुल्यो । वर्षौंसम्म पार्टी हाँकेका, प्रधानमन्त्री भइसकेका दुई वरिष्ठ नेतालाई दायाँबायाँ राखेर पार्टी चलाउने अवसर केपी ओलीसँग थियो । त्यो गुम्यो । र, ओली मिखायल गोर्वाचोभ शैलीले गैरकम्युनिष्ट, पुँजिवादी आचरणमा गइरहेको टिप्पणी गर्छन्, एमालेहरु नै । उहाँले ‘नाफाको जिन्दगी त हो नि’ भनेर गरिने हरेक काममा ‘नाफा’ मात्रै हेर्ने गर्नुभएको आरोप छ ।
यससँगै माधवपक्षीय केही नेताका पनि कमजोरी छन् । ‘यो भएन, त्यो भएन’ भन्दै केपी ओलीलाई चर्काे बोलेर चिढ्याउने काममा उनीहरु तल्लिन छन् ।
एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित २ सय ३ मध्ये अहिले ९ केन्द्रीय सदस्य रिक्त छ । केन्द्रीय कमिटीको १ सय ९४ मा ९४ एकातिर छ, सय एकातिर छन् । त्यसमा महाधिवेशनपछि मनोनीत ४१ मध्ये गोकुल बाँस्कोटा, खगराज अधिकारी, महेश बस्नेत, देवराज घिमिरेहरु पनि हुन् । प्रश्न उठ्छ, माधवको अडान सतप्रतिशत मान्ने हो भने उनीहरु पनि जेठ ३ अगाडिको अवस्थामा पुगेर पदबाट हट्नुपर्ने हुन्छ ।
तर, के केपी ओली यो कुरा मान्न तयार हुनुहोला ? पार्टीलाई मिलाएर लाने चाहना हो भने विधानको व्यवस्थाविपरीत पुस ५ पछि आफूसँग आएका माओवादी नेतालाई नराखी उहाँले १५ सय १ सदस्यीय केन्द्रिय कमिटी किन बनाउनुभयो ? फागुन २३ पछि २३ भाइ माओवादीलाई स्वाट्ट थप्नुको साटो एकताको पक्षधर हँु भन्ने देखाउन नै सही, एकतापछिको ४ सय ४१ कै अध्यक्ष हुँ भन्नुभएको भए अहिले उहाँलाई साथ दिने रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणिचन्द्र थापाहरु पनि स्वतः त्यसैमा पर्थे ।
त्यसमाथि अहिले दुबैथरि एमाले समानान्तर कमिटीको अभ्यासमा छन् । एकतामा यो पक्ष पनि वाधक छ । त्यसमाथि एकता बिथोल्नकै लागि फागुन २८ को बैठकबाट केपीले केन्द्रीय कमिटीमा २३ जना थप्नु भयो । एकता चाहने मनशाय थियो भने उहाँले ती मानिसलाई सल्लाहले नै विस्तारै थपे पनि हुन्थ्यो । एकता चाहनुहुन्थ्यो भने महाधिवेशन आयोजक कमिटी बनाएर, पदाधिकारी हटाएर विधान मिच्नुपर्ने अवस्था थिएन । ०७५ जेठ ३ को एकतापछि केन्द्रीय कमिटीमा ४१ जना मनोनित गर्दा २५ केपीका र १४ माधवका थिए । तर, जेठ ३ अगाडि पुग्दा माधव पक्षका १४ जना पनि केन्द्रीय सदस्यबाट स्वतः हट्छन् ।
आफैँले निर्माण गरेको पार्टीबाट आज आफैँ लखेटिनुपर्ने स्थिति आउनुका पछाडि स्वयं माधव नेपालको लचकता पनि कारक छ । उहाँले एकताको भावना राखेरै होला, वैशाखमै संसदीय दलबाट केपीलाई हटाऔँ भन्दा मान्नुभएन । अनि त्यतिबेलै ओलीलाई दुई पदमध्ये एउटा रोज्ने अवस्थामा पुग्दा भीम रावल, वामदेवहरू केही पनि दिने हैन भन्दै उफ्रेपछि त्यतै त्यतै लाग्नुभयो । बेलामा सही निर्णय हुन सकेन ।
टिप्पणीहरू