महासंघमा सरकारी समीकरणमा को को ? सत्ताइतर को को ?

महासंघमा सरकारी समीकरणमा को को ? सत्ताइतर को को ?

चैत २५ गते हुने पत्रकार महासंघको नयाँ नेतृत्व चयनका निम्ति नेपाली काँग्रेस निकट प्रेस युनियनले हालका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेललाई अध्यक्षमा उठाउने भएको छ । त्यसैगरी उपाध्यक्षमा महासचिव रमेश बिष्ट उठ्ने भएका छन् । महासचिवमा माओवादीबाट रोशन पुरी उम्मेदवार बनेका छन् ।

प्रधानमन्त्री ओलीनिकट प्रेस चौतारीबाट व्यापक महिला सहभागितासहित अध्यक्षमा निर्मला शर्मा र उजिर मगरमध्ये एकजनाको टुंगो लगाउने अन्तिम प्रयास हुँदैछ । यसअघि शर्मालाई अध्यक्ष र मगरलाई उपाध्यक्ष भनिएको थियो । तर, उजिरले अध्यक्षमा भए सोच्न सकिने,उपाध्यक्षमा सोच्न पनि नसकिने भनेपछि बालुवाटार निकट पत्रकारहरुको जरुरी बैठक बसेको छ ।

छलफलमा मगरलाई अध्यक्ष,शर्मा वरिष्ठ उपाध्यक्ष र माधव नेपाललाई उपाध्यक्षमा उठाउने प्रयास गरिएको बताइन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मगरलाई र चौतारीका गणेश बस्नेतले शर्मालाई समर्थन गरेको चर्चा छ ।

महासचिवमा बालकृष्ण बस्नेतलाई उठाइएको छ । त्यसैगरी बालुवाटारको तर्फबाट समावेशी उपाध्यक्षमा युनियनबाट हालै मधेशी दलमा प्रवेश गरेका अवधेशकुमारलाई समर्थन गरिएको छ । समावेशी उपाध्यक्षमा मसालले उदय जीएमलाई उठाएको छ भने केहीले बागी उम्मेदवारी हालेका छन् ।

महिला उपाध्यक्ष ओली खेमाले विप्लव समूहलाई दिएको छ । ओली,विप्लव,राप्रपा र मधेशी दल निकट पत्रकारहरुबीच गठबन्धन भएको बुझिएको छ । महासचिवमा पुरी,सचिवमा गोविन्द चौंलागार्ईं,लेखा समिति संयोजक लेखनाथ न्यौपानेबाहेक अरु सबै युनियनलाई छाडेको बताइएको छ ।

मनोनयनको समय दिउँसो ३ बजेबाट साँझ ६ बजेसम्म लम्ब्याइएको छ ।

टिप्पणीहरू