कमरेडहरुको कलंकी बैठक सकियो
नेकपा एमाले (नेपाल–खनाल) पक्षको कलंकीस्थित एउटा पार्टी प्यालेसमा हिजोदेखि बसेको केन्द्रीय कमिटीको बैठक आज साँझ सकिएको छ । बैठकमा पार्टीलाई तल्लो तहसम्मै पुनर्गठन गरी थप बलियो बनाउने बारेमा गहन छलफल भएको बुझिएको छ ।
बैठकमा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा पूर्वमन्त्री एवम् केन्द्रीय सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट, घनश्याम भुसाल तथा केन्द्रीय सदस्य अमृतकुमार बोहोरा, प्रदेश सांसद माधव पौडेललगायत ३२ जनाको उपस्थिति रहेको थियो ।
टिप्पणीहरू