कालो बादल मडारिएको दाबी

कालो बादल मडारिएको दाबी

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले राष्ट्रिय राजनीतिमा कालो बादल मडारिएको बताउँदै जनताले चाहेको र आशा गरेकोभन्दा पृथक अवस्थाबाट मुलुक गुुज्रिरहेको उल्लेख गर्नुभएको छ । उहाँले उक्त कुरा हिजो बुटवलमा आयोजित एक कार्यक्रममा बताउनुभएको हो ।

राज्य टेलिभिजनद्वारा बुटवलमा आयोजित ‘मानव अधिकारको प्रवर्धन र लोकतन्त्रको सवलिकरणमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा’ बोल्दै उहाँले उक्त अवस्थाले जनतामा ठूलो निराशा आउनसक्ने भएकाले त्यसबाट विद्रोहको परिस्थितिसमेत उत्पन्न हुनसक्ने बताउनुभएको छ ।

उहाँले वर्तमान सरकारले मानवअधिकार आयोगलाई आफू मातहतको निकाय सरह ठानेको बताउनुभयो ।

भन्नुभयो ‘अन्तर्राष्ट्रिय कानुन र नियमअनुसार पनि मानव अधिकार आयोग एक स्वतन्त्र अङ्ग हुनुपर्ने बुँदा नै सम्बन्धित विधेयकमा राखिएको छैन । जुन संविधानले निष्पक्ष निर्वाचन गरायो,जुन संविधानले सरकार बनायो, आज त्यही संविधानमाथि सरकारले प्रहार गरिरहेको छ ।’

टिप्पणीहरू