अब मज्जाले चल्ला त संसद ?
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आज भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्रीलाई भेट्न सापकोटा प्रधानमन्त्री निवास पुग्नुभएको थियो ।
उहाँहरुबीच झन्डै दुई घण्टा कुराकानी भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
भेटवार्तामा संसदलाई प्रभावकारी बनाउने र सार्वजनिक महत्वको विधेयक अगाडि बढाउने विषयमा छलफल भएको उनले जानकारी दिए ।
‘कार्यपालिका र व्यवस्थापिकाका प्रमुखबीच भेटघाट हुनु सामान्य कुरा हो,संसदलाई प्रभावकारी बनाउने र सार्वजनिक महत्वका विधेयकहरु अघि बढाउनेवारे उहाँहरुले छलफल गर्नुभएको हो’, न्यौपानेले भने ।
प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच पुस ५ पछि औपचारिक भेटघाट भएको थिएन । ओलीले सार्वजनिक रुपमै सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउनु भएको छ ।
प्रधानमन्त्री ओलीले यसअघिजस्तै सभामुखसंगको परामर्शबिनै संसद अधिवेशन अन्त्य गर्नसक्ने आशंका गरिएका बेला भेटवार्तालाई चासोका साथ हेरिएको छ ।
टिप्पणीहरू