प्रमुख राजनीतिक खेलाडी आज रंगशाला जाने

प्रमुख राजनीतिक खेलाडी आज रंगशाला जाने

प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशाला जाने हुनुभएको छ । रंगशालामा जारी त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जान लाग्नुभएको हो ।

आज प्रतियोगितामा कुनै गोल नगरी फाइनलमा पुगेको नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार त्यहि खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जान लाग्नुभएको हो ।

बेलुकी साढे पाँच बजेबाट शुरु हुने खेल हेर्न प्रधानमन्त्रीसहित नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला जाने बताइएको छ । यसअघिको खेल हेर्न पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दशरथ रंगशाला जानुभएको थियो ।

टिप्पणीहरू