सेनासँग विदेशीको सामीप्य

सेनासँग विदेशीको सामीप्य

अब नेपालमै क्षेप्यास्त्र आविष्कार हुँदैछ भनेर खुशी हुनेहरूका लागि तत्काल निराशाको खबर छ, ‘गरुड’ नामको क्षेप्यास्त्र परीक्षणका क्रममा डेढ सय मीटरको उचाईभन्दा माथि जान सकेन ।

त्यसो त यो प्रयास हो । एक–दुई पटक असफलता मिल्यो भन्दैमा सिंगो योजना असफल भएको मान्न सकिँदैन । राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर वैज्ञानिक परीक्षणहरूमा सक्रिय महावीर पुनलाई सेनाले आफ्नो व्यारेकमा काम गर्ने वातावरण दिइरहेको छ । त्यही क्रममा हो, ‘गरुड’ उड्न नसकेको ।

धनुषाको भिमानस्थित सेनाको लामो दूरीको तोप हान्ने आर्टिलरी रेञ्जमा महावीर पुनको टोलीलाई यस्तो परीक्षणको ठाउँ सेनाले नै उपलब्ध गराएको छ । त्यहाँ कम उमेरका युवाहरू हिजोआज यस्तै आविष्कारका काममा व्यस्त देखिन्छन् ।

यस्तो सकारात्मक कामलाई हौसला दिन गत शनिबार प्रधानसेनापति पूर्णचन्द्र थापा धादिङको एउटा कार्यक्रमबाट सीधै हेलिकप्टरमा भिमान पुग्नुभयो, महावीर पुनसहित । मुख्य निर्माणकर्ता मोहन तामाङसहितको टोलीले विभिन्न असफलताका बाबजुद पनि आफ्नो काम भने छाडेको छैन । त्यस्तै, औषधि बोक्ने ‘गौँथली’ नामको ड्रोन ६० किलोमिटरसम्म उड्ने भनेकोमा एक किलोमिटरबाटै झरेको छ । हावाको बहाव र इन्धनको कम्बिनेशन अभावमा त्यस्तो भए पनि त्यस्ता उपकरण बनाउन असम्भव भने नरहेको मोहन तामाङको भनाइ छ ।

सेनाका लागि यस्ता आविष्कारका उपकरण किन पनि जरुरी छ भने, बम डिस्पोजलजस्ता प्राविधिक काम गर्नका लागि त्यस्ता उपकरण विदेशबाट झिकाउनुप¥यो भने ५० औँ लाख पर्छ । यता दुई–साढे दुई लाख खर्च गर्दा हुने कुरामा विदेशीलाई किन ५० औँ लाख बुझाउने ? यसअघि सेनाले कोभिडको समयमा पिपिईसहित राष्ट्रिय आविष्कार केन्द्रका धेरै चिज प्रयोग गरिसकेको छ ।

उता, धादिङमा विदेशी पल्टनसहितको ¥याफ्टिङ प्रतिस्पर्धा चलेको छ । वंगलादेश, पाकिस्तान र ब्रिटिश गोर्खाको यहाँस्थित कार्यालय, ब्रिटिश स्कुलका शिक्षकहरूसहित चारवटालाई विदेशी टिम मान्दै सेना यस्तो अभ्यासमा देखिएको हो । पाकिस्तान र बंगलादेशबाट सेनाकै टीम आएको छ । यसअघि कोभिड– १९ को संक्रमण नफैलिँदै अमेरिकी र भारतीय सेनाको टोली पनि ¥याफ्टिङका लागि आएका थिए । तर, यसचोटि स्वदेशी टीम बढी छ ।

धादिङको कुरिनटार र चरौँदीको बीचमा १६ स्वदेशी, ४ विदेशी टोलीले ¥याफ्टिङ गरेका छन् । त्यसमध्ये ४ वटा त महिलाको मात्र टीम छ । धादिङबाहेक जोमसोममा पनि यस्तो अभ्यास हुँदै छ । त्यहाँ सेनाले क्लाइम्बिङ, २१ किलोमिटर साइक्लिङ र रनिङजस्ता अभ्यास गर्नेछ ।

नेपाली सेनाद्वारा सञ्चालित नौ महिने स्टाफ कलेज तालिमप्रति पनि विदेशी आकर्षण बढ्दो छ । यस क्रममा विभिन्न मुलुकका तालिमेहरू पर्सी १३ गते दीक्षित हँुदै छन् । हाम्रै टोलीमा मिसिएर तिनले पाकिस्तान र बंगलादेश यात्रा पनि गत हप्ता गरी भ्याएका छन् ।

टिप्पणीहरू