आज सर्वोच्चमा त्रिभुवन विश्वविद्यालयविरुद्ध सुनुवाई
त्रिभुवन विश्वविध्यालय सेवा आयोगको कार्यालयले हालै गरेको प्राध्यापक,सहप्राध्यापक र उपप्राध्यापक पदहरुको विज्ञापन संविधानबमोजिम समावेशी नभएको भन्दै परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ ।
प्राध्यापक कर्णबहादुर थापाले आयोगले प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदको लागि गरेको विज्ञापनमा समावेशिताको सिद्धान्त अवलम्बन नगरिएको भन्दै चैत ९ गते सर्वोच्चमा रिट निवेदन गरेका हुन् ।
थापाले प्रचलित ऐन,नियम, कानुन विपरीत विज्ञापन भएको उल्लेख गर्दै हालेको रिट निवेदनउपर आज हुने छलफलमा हाजिर हुन सर्वोच्च अदालतको रिट शाखाका कर्मचारीले हिजो कीर्तिपुरस्थित आयोग हातामा म्याद टाँस गरेका थिए ।
त्यसैगरी,उक्त विज्ञापन यथाशीघ्र संशोधन गरी पुनः विज्ञापन गर्नुपर्नेलगायत ४ सूत्रीय माग राखी नेपाल समाजवादी विद्यार्थी संघलगायत चार वटा विद्यार्थी संगठनले सेवा आयोगमा तालाबन्दी गरेका छन् ।
टिप्पणीहरू