म्यानमार अशान्त, फ्रान्स शान्त
फेब्रुअरी १ तारिख अर्थात् माघ १९ गते सबेरै निर्वाचित सरकार अपदस्थ गरेर सैनिक प्रमुख मिन ओङ्ग हेल्याङ्गले सत्ता हातमा लिएदेखि नै म्यानमार अशान्त बनेको छ ।
पछिल्ला दिनमा म्यानमारमा दिनहुँ रगतको खोला बगिरहेको छ । प्रजातन्त्रको माग गर्दै प्रदर्शनकारीहरू हरेक दिन सडकमा उत्रिएका छन् । निहत्था प्रदर्शनकारीमाथि सैनिकले अन्धाधुन्ध गोली चलाउँदा दिनहुँ औसत १० जनाको हताहती भएको छ । सैनिक शासनको विरोधमा स्वास्थ्य, यातायातलगायत अत्यावश्यक क्षेत्रका कर्मचारीहरू समेत हड्तालमा उत्रिएपछि म्यानमारको अर्थतन्त्र र दैनिकी डाँवाडोल भएको छ ।
झण्डै दुई महिनाको अवधिमा म्यानमारमा सैनिकको गोलीबाट ५ सय २२ जनाले शहादत प्राप्त गरेका छन् भन् २६ सय भन्दाबढि पक्राउ परेको जनाइएको छ ।
चरम दमन हुन थालेपछि हजारौं नागरिक थाँतथलो छाडेर छिमेकी मुलुक भारत तथा थाइल्यान्डतर्फ भाग्ने क्रम बढेको छ । यसबीचमा सेनाले दक्षिणपूर्वको करेन राज्यमा हवाई हमला गरेपछि हजारौंले मुलुक छाड्ने क्रम बढेको बताइएको छ । पश्चिमतर्फ रहेको भारतको मिजोरम र मणिपुर राज्यमा समेत म्यानमारका सर्वसाधारण पैदल यात्राबाटै प्रवेश गरिरहेका छन् ।
मणिपुर राज्य सरकारले म्यानमारबाट भागेर आएका सबै नागरिकलाई मानवीय सहायता उपलब्ध गराउने वचन दिएको छ । राज्य सरकारले घाइतेको समेत उपचार गराउने भन्दै चार दिनअघि जारी गरेको आन्तरिक परिपत्रमा उक्त व्यहोरा उल्लेख छ ।
उता फ्रान्समा भने कोरोना महामारीले पुनः प्रकोप लिन थालेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले एक महिनाको लागि देशव्यापी रात्रीकालीन लकडाउनको घोषणा गरेका छन् ।
फ्रान्सका सबै रेस्टुरेन्ट, बार, जिम, सिनेमाघर र संग्रहालयहरू अक्टोबरदेखि नै बन्द छन् । फुटबल र रग्बीका विश्वकप प्रतियोगिता आयोजना गरेका फ्रान्सेली स्टेडियमहरू अहिले कोभिड महामारीमा खोप केन्द्रमा परिणत भएका छन् ।
टिप्पणीहरू