सरकारी स्कूलतिर रुचि घट्नुको कारण खोले मन्त्रीले

सरकारी स्कूलतिर रुचि घट्नुको कारण खोले मन्त्रीले

नेपालको शिक्षामा आवश्यक सुधार हुन नसक्नुको कारण शिक्षण पेशाप्रति मानिसहरुको अरुची रहेको शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै श्रेष्ठले शिक्षण पेशाप्रतिको अरुचिका कारण सरकारी विद्यालयको पढाई कमजोर रहेको बताउनुभएको हो । अन्त कतै रोजगारी नपाएपछि मात्रै शिक्षण पेशा रोज्ने प्रवृति र अन्यत्र जागिर पाएपछि छाडेर जाने प्रवृतिले बालबालिकाको भविश्यमाथि चिन्तित हुने शिक्षक पाउनै गाह्रो भएको उहाँको जिकिर छ ।

विकसित मुलुकका नागरिकको आकर्षण सरकारी विद्यालयमा हुने तर नेपालमा भने सरकारी विद्यालयमा आर्थिक रुपमा विपन्न,निम्न आयस्रोत भएका, असहाय,अनाथ र दलित वर्गका विद्यार्थीहरु आउने गरेको शिक्षामन्त्रीको भनाई थियो ।

तर,सरकार विद्यालय र शिक्षालय बेरोजगार उत्पादन गर्ने थलो नहोस् भन्नेतर्फ सचेत रहेको उहाँको दाबी थियो ।

टिप्पणीहरू