सैनिक ‘कू’ विरुद्ध पुल्चोकमा प्रदर्शन

सैनिक ‘कू’ विरुद्ध पुल्चोकमा प्रदर्शन

म्यान्मारमा भएको सैनिक ‘कू’ विरुद्ध ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको भवन अगाडि प्रदर्शन भएको छ । बिहीबार मानव अधिकार संगठनले सैनिक ‘कू’ विरुद्ध विरोध प्रदर्शन गरेको हो ।

संगठनका अध्यक्ष महामुनेस्तर आचार्यको नेतृत्वमा झण्डै तीन दर्जनको संख्यामा रहेका प्रदर्शनकारीले धर्ना दिएका दिए । प्रदर्शनकारीले ‘म्यानमारमा सैनिक दमन बन्द गर’, ‘म्यानमारमा मानवअधिकार उलङ्घन बन्द गर’, ‘म्यानमारमा सैन्य शासनद्धारा गरिएको नरसंहारको घोर भत्र्सना गर्दछौं’, ‘म्यानमारमा प्रजातन्त्र र नागरिक शासन बहाली गर’, ‘शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर’ जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रजातान्त्रिक विचार समाज नेपालका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले म्यानमारमा भएको नरसंहारको विरुद्धमा छिमेकी राष्ट्रहरु नै चुप लागेर बसेको भन्दै आपत्ति जनाउनुभएको थियो । अहिले ठाउँ–ठाउँमा यसको विरोध भइरहेको छ ।

टिप्पणीहरू