नेपाल–खनाल पक्षको आक्रामक संगठन विस्तार

नेपाल–खनाल पक्षको आक्रामक संगठन विस्तार

आफूपक्षीय चार नेतालाई निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयपछि नेकपा एमालेमा खनाल–नेपाल पक्ष आक्रामक तवरले संगठन विस्तारमा जुटेको छ ।

जनवर्गीय संगठनहरुको समानान्तर भेला, सम्मेलन र बैठक गरिरहेको उक्त पक्षले शुक्रबार खेलकुद महासंघको विशेष भेला बोलाएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा जारी भेलालाई वरिष्ठ नेता नेपालले सम्बोधन गर्नुभएको छ । भेलालाई पूर्वमन्त्री पुरुषोतम पौडेल,काठमाडौं क्षेत्र नं.८ का सांसद जीवनराम श्रेष्ठले पनि सम्बोधन गर्नुभएको छ ।

नेता नेपाल उद्घाटन सत्रलाई सम्बोधन गरेर कार्यक्रमबाट बाहिरिनुभएको छ । हाल बन्द सत्र चलिरहेको बताइएको छ ।

टिप्पणीहरू