“काठमाडौंमा सभा सम्मेलन नगर्नु”

“काठमाडौंमा सभा सम्मेलन नगर्नु”

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सभा,सम्मेलन,गोष्ठी, सेमिनार,बैठक,तालिम तथा प्रशिक्षणहरु सञ्चालन नगर्न आह्वान गरेको छ ।
सरकारले बैशाख महिनाभरि त्यस्ता कार्यक्रम नगर्न गरेको निर्णय विपरित पनि गतिविधिहरु भइरहेको गुनासो प्राप्त भएकोले प्रशासनले त्यसो नगर्न सचेत गराएको हो ।

जिल्ला प्रशासनको सूचनामा भनिएको छ ‘त्यस्ता कार्यक्रमहरु भर्चुअल विधिबाट सञ्चालन गर्नुहोला ।’

टिप्पणीहरू