माओवादीले निकालेकाहरु मन्त्री बन्न आतुर
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावउपर प्रदेशसभामा आजबाट छलफल शुरू हुने कार्यसूचि थियो ।
भर्खर एमाले संसदीय दलको बैठक बसेर ठूलो पार्टीका हैसियतमा एकल सरकार बनाउन दावी प्रस्तुत गर्ने निर्णय भएको छ । माओवादी खेमा छाडेका नेता दधिराम न्यौपानेका अनुसार पहिला संविधानको धारा १६८ दुई अन्तर्गत सरकार बन्दा प्रदेश सभामा सतासी जना साँसद थिए ।
तीमध्ये छ जना कारवाहीमा परिसकेकाले अबको संसद संख्या एक्कासी मात्रै हो । यिनमा पनि एमालेतिर ४१ सांसद रहेकाले एक दुई दिनमै संविधानको धारा १६८ को एकअनुसार एमालेकै नेतृत्वमा बहुमतको सरकार बनाउने तयारी छ ।
तपाईं पनि मन्त्री बन्ने हो ? भन्ने जिज्ञासामा उनले जिम्मेवारी पाए पछाडि नहट्ने बताएका छन् । संविधानको धारा १७० मा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्नसक्ने व्यवस्था छ ।
माओवादीका तर्फबाट प्रदेश संसद रहेका न्यौपाने पछिल्लो समय एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरेको कारण उनको पद खुस्किएको छ ।
-ऋषि भट्टराई
टिप्पणीहरू