पूर्वरानी र पूर्वप्रधानमन्त्रीको अवस्थामा सुधार

पूर्वरानी र पूर्वप्रधानमन्त्रीको अवस्थामा सुधार

कोरोना संक्रमण भएर नर्भिकमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । शाहको स्वास्थ्य अवस्थाबारे गरिएका प्रचारको खण्डन गर्दै अस्पतालले अवस्था सुधारोन्मुख रहेको बताएको हो ।

‘हिजो अस्तिभन्दा धेरै इम्प्रुभ भएको छ । अक्सिजनको लेभल पनि बढेर गएको छ । कुनै पनि किसिमको थ्रेट छैन’,अस्पताल स्रोतले भन्यो ।

पूर्वरानी शाहको प्लाज्मा थेरापी विधिद्वारा उपचार गरिएको भन्ने भनाइको पनि खण्डन गरिएको छ । ‘प्लाज्मा थेरापी भन्ने कुरा सबै बकवास हो । मनगढन्ते कुरा हो’, स्रोतले भनेको छ ।

यता,कोरोना संक्रमण देखिएपछि हिजो नर्भिकमै भर्ना हुनुभएका पूर्वप्रधानमन्त्री झलनाथ खनालको अवस्था पनि सामान्य रहेको बताइएको छ । खनाललाई पखाला चलेको भएपनि अरु कुनै समस्या नभएको स्रोतले बताएको छ । ‘एकदम नर्मल हुनुहुन्छ । कुनै समस्या छैन’,स्रोतले भन्यो ।

टिप्पणीहरू