झापामा करेण्ट लागेर मृत्यु, उदयपुरमा हावाहुरीले बिजोग

झापामा करेण्ट लागेर मृत्यु, उदयपुरमा हावाहुरीले बिजोग

झापामा करेण्ट लागेर एक वृद्धाको ज्यान गएको छ । कचनकवल गाउँपालिका–२ की ७३ वर्षीया गंगा देवी वस्नेतलाई घरमा बत्ति बाल्ने क्रममा करेन्ट लागेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बस्नेतको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो । उता, उदयपुरमा हावाहुरीबाट झण्डै ८० लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ ।

चौदण्डिगढी नगरपालिका क्षेत्रमा शनिबार बिहान आएको हावाहुरीबाट नगरपालिकाको २, ३ र ४ नम्बर वडाका ५० वटा घरको छाना उडाएको छ ।

हावाहुरीले कुनै मानवीय क्षति नपुर्याए पनि छाना उडाउँदा घरभित्रका ८० लाख रुपैयाँ बराबरको धनमालमा क्षति पुगेको प्रहरीले बताएको छ । हावाहुरी रोकिएपछि इलाका प्रहरी कार्यालय बेल्टारले सर्वसाधारणको उद्धार गरेको बताइन्छ ।

टिप्पणीहरू