संसद भवनमा पीसीआर परीक्षण शुरु

संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा पीसीआर परीक्षण शुरु भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा उपाध्यक्षसहितको पीसीआर परीक्षण थालिएको हो ।सभामुख सापकोटाले केही बेरअघि शुभारम्भ गर्नुभएको परीक्षणमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलगायत संघीय संसद सचिवालयका सम्पूर्ण कर्मचारीको कोभिड–१९ को पीसीआर परीक्षण गरिने बताइएको छ ।
आगामी सोमवार बैशाख २७ गते प्रधानमन्त्रीले बिश्वासको मत लिने प्रयोजनको लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यो परीक्षण त्यसैका निम्ति हो ।
टिप्पणीहरू