राष्ट्रपतिका सुरक्षा प्रमुखलाई कोरोना
देशका भिआइपीहरुलाई भकाभक कोरोना लागिरहेका बेला उनीहरुको सुरक्षा प्रवन्धमा खटिने उच्चसुरक्षा अधिकारीहरु पनि संक्रमणको शिकार बनेका छन् ।
राष्ट्रपति कार्यालयमा सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्न जान लागेकै बेला जर्नेल निरज पौडेललाई कोरोना लागेको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
अहिले नेपाली सेनाको नगरकोट शिक्षालयको कमाण्ड सम्हालिरहेका पौडेल केही दिनमै शीतलनिवासको सुरक्षा सम्हाल्न जाने तयारीमा थिए । यहि बेला उनलाई कोरोनाले समातेको हो । दोस्रो पटक संक्रमित भएका पौडेल अहिले घरमै बसेर उपचार गराइरहेको बताइएको छ ।
कहाँ बनाउने, हस्पिटल बनाउने हो कि आइसोलेसन हो भन्ने क्लियर छैन । त्यसैले अन्योल भएको हो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनर भएर खटिईरहेको सेनामा संक्रमितको संख्या लगातार बढिरहेको छ । थुप्रै कर्नेल र सिनियर अफिसर तहमा संक्रमण फैलिएको बताइन्छ । केही दिनअघि कर्णेल प्रकाश चन्दलाई कोरोना भएको र अहिले बुटवलको ब्याटल हस्पिटलबाट उपचारार्थ काठमाण्डौ ल्याइएको छ ।
सिनियर अफिसरहरु नै संक्रमणको शिकार हुन थालेपछि सेनाले सबै औपचारिक तथा अनौपचारिक कार्यक्रम बन्द गरेको छ । सबै भेटघाट,बैठक, कार्यक्रमहरु बन्द गरिएको छ । अत्यावश्यक पर्दा भर्चुअल बैठक हुन्छु,स्रोतले भन्यो, ुजरुरी पर्दा कुराकानी फोनबाटै गरे भैहाल्यो, अलिकति समूहमै बसेर छलफल गर्नुपर्दा भर्चुअल नै हो । फिजिकल भेटघाट अब शून्य नै भैसक्यो ।
एउतै मेसमा खाने र एकै ठाउँमा सुत्नुपर्ने अवस्थाका कारण संक्रमणको खतरा बढेको आशंका गरिएको छ । संक्रमण रोक्न सेनाले सिफ्ट छुट्याएर खुवाउने व्यवस्था मिलाएको भएपनि रोकिएको छैन । ब्यारेकको मेसमा एउटा बेन्चमा ६ जना बसेर खुवाउने गरिएकोमा अहिले तीन चार जना मात्र राख्ने गरिएको बताइन्छ । सैनिक स्रोतको भनाइअनुसार सेनाले नियमित तालिम र फिजिकल अभ्यास पनि कम गरेको छ ।
सीसीएमसी हेर्ने अफिसर चेन्ज
यसवीच कोरोना महामारीको दोस्रो लहर चरम उत्कर्षमा पुगेका बेला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० हेर्ने सैनिक अफिसर परिवर्तन भएका छन् । यसअघि सीसीएमसी हेर्ने जिम्मा पाएका सीताराम खड्कालाई हटाएर मध्य पृतनाबाट अशोक सिग्देललाई झिकाइएको बताइन्छ ।
अनुसन्धान तथा निरीक्षण विभागको कमाण्डसमेत सम्हालेका खड्कालाई सीसीएमसीबाट हटाएर सिग्देललाई ल्याइएको हो । सेनाले कोभिडसम्बन्धी सबै हेर्ने जिम्मा उपत्यका कमाण्डलाई दिएको छ ।
सेनाले आवश्यकताभन्दा बढी चेन अफ कमाण्डमा अल्झनुपर्दा कार्यसम्पादन छरितो नभएको निष्कर्ष निकालेर संगठनलाई विकेन्द्रीकरणको संरचनामा लैजाने निर्णय पनि गरेको छ । पृतनाको संरचनामा गएको २र४ वर्षमै सेनाले संगठनलाई थप स्वायत्त बनाउन यस्तो निर्णय गरेको बताइएको छ ।
चेन अफ कमाण्ड धेरै भयो । विपद व्यवस्थापन जस्ता कामहरुमा अब जंगी अड्डालाई सोध्न नपर्ने भएको छ । काम छिटो छरितो हुने भएकाले विकेन्द्रीकरणको सिस्टममा गएकोहोु, सैनिक स्रोतले भन्यो ।
प्रधानमन्त्रीको घोषणाले अन्योल
एक हजार बेड क्षमताको हस्पिटल बनाउने जिम्मा सेनालाई दिने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाप्रति सेनाको असन्तुष्टि रहेको बताइन्छ । आफूहरुसंग समन्वय नै नगरी एकाएक घोषणा गरेको भन्दै सेनाले चित्त दुखाएको स्रोतले बतायो । तथापि सेनाले औपचारिक रुपमा यसबारे कुनै टिप्पणी गरेको छैन ।
सोमबार प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै कोरोना संक्रमितको उपचारका लागि एक हजार बेड क्षमताको अस्थायी अस्पताल बनाउन सेनालाई निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्रीले घोषणा गरिसकेपछि काम गर्नपर्ने बाध्यता रहेको सेनाको गुनासो छ । प्रधानमन्त्रीले भनिसकेपछि काम गर्न नसके पब्लिकलाई सरकारले भन्दा पनि गरेन भन्ने पर्छ,तर हाम्रो बाध्यता चैं कसले बुझ्नेरुु, स्रोत भन्छ, सुको पैसाको समन्वय छैन हजार बेडको हस्पिटल कसरी बन्छ कुन्नि ?
प्रधानमन्त्रीको घोषणा अमूर्त भएकाले अन्योल सृजना गरेको सेनाको बुझाइ छ । प्रधानमन्त्रीले भारतसँग बढी आवतजावत हुने ५ वटा नाकामा हजार जना क्षमताको क्वारेन्टाइन बनाउने जिम्मा पनि सेनालाई दिने घोषणा गर्नुभएको थियो ।
प्रधानमन्त्रीको घोषणा मूर्त रुपमा योजनासहित आए कार्यान्वयन गर्न सकिने सेनाको विश्वास छ । सैनिक स्रोत भन्छ, कहाँ बनाउने, हस्पिटल बनाउने हो कि आइसोलेसन हो भन्ने क्लियर छैन । त्यसैले अन्योल भएको हो । भन्नेलाई त भनिदिए पुग्यो,गर्नेलाई महाभारत ।
हजार बेड क्षमताको हस्पिटल बनाउने जिम्मा पाएको सेना भने आफ्नै कर्मचारीको उपचार गर्न नसकेर तनावमा छ । सेनाकै कर्मचारीले बेड नपाएर हाहाकार छ ।
टिप्पणीहरू