बागलुङ जिल्लाभर निषेधाज्ञा लागू
-राजेशचन्द्र राजभण्डारी
काेराेना भाइरस काेभिड १९ दाेस्राे चरणको भेरिएन्ट बागलुङमा पनि समुदाय स्तरमा फैलिएपछि बागलुङ जिल्ला प्रशासन कार्यालयले बागलुङ नगरपालिका भित्र मात्रै लगाउदै आएको निषेधाज्ञा शुक्रबारदेखि जिल्ला भर लगाउने निर्णय गरेको छ ।
बैशाख २४ गते बिहान ५ बजेदेखी लागुहुने गरि बैशाख ३१ गते राति १२ बजेसम्मको लागि एक हप्ता पुर्ण रुपमा लकडाउन (बन्दाबन्दी) गर्ने निर्णय गरेको छ ।
बागलुङ नगरपालिका भित्र मात्रै निषेधाज्ञा लगाउदै आएको प्रशासनले बागलुङ जिल्लामा काेराेनाकाे संक्रिय संक्रमित २०० जना नाघेपछि बाकी ९ वटा पालिका भित्र पनि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हाे ।
प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरसको संक्रमणको सर्तकता स्वरुप जिल्लालाई एक साता लकडाउन (बन्दाबन्दी) गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।
बागलुङ उद्योग बाणिज्य संघ लगायत जिल्लामा रहेका बस्तुगत संघसंस्थाकाे संयुक्त बैठकले काेराेनाकाे जाेखिम समुदाय स्तरमा फैलिएको भन्दै त्यसलाई नियन्त्रण गर्न बागलुङ जिल्ला एकसाता बन्दाबन्दी गर्न अनुरोध गरे अनुसार प्रशासनले निर्णय गरेको बागलुङ उद्योग बाणिज्य संघले जनाएको छ ।
बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस पछिल्लाे समय दाेस्राे चरणको भेरिएन्ट जिल्लामा तीव्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जिल्लालाई लकडाउन गरिएको हो । खाद्यान्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी, र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइने भएको छ ।
लकडाउन (बन्दाबन्दी) को अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ। अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् ।
खाद्यान्न, ग्यास, तेल, फलफुल पसलहरु अनिवार्य रुपमा हातधुने व्यवस्था गरि तोकिएको समयमा सञ्चालन गरिने भएको छ । जिल्लामा तरकारी फलफुल तथा मासु पलस बिहान ७ बजेदेखि १० बजेसम्म खाेल्ने अनुमति दिएको छ ।
निकै तिब्रगतिमा फैलिने र सुरुको भन्दा घातक भाइरस रहेको जनस्वास्थ्यबिज्ञहरुले बताइरहेकाे समयमा जिल्लामा लकडाउन गरेर भित्रिने र बाहिरिने नाकाहरुमा कडा निगरानि सहित होल्डिङ सेन्टर स्थापना गरि कोरोना परिक्षणको दायरा बढाउनुपर्ने जरुरि देखिन्छ ।।।
बागलुङमा प्रशासनले गरेको निषेधाज्ञा नाममात्रको साबित भएको छ ।बिहान १० सम्म खाध्यान्न तरकारी पसल खुला दिउँसो १ बजेसम्म बैंक तथा बित्तिय संस्था संचालन हुदा बजार भरि मान्छे आेहाेर दाेहाेर गरिरहने गरेका छन् ।
टिप्पणीहरू