धादिङमा एक संक्रमितको मृत्यु, नेपाली सेनाले अन्त्येष्टि गर्ने

धादिङमा एक संक्रमितको मृत्यु, नेपाली सेनाले अन्त्येष्टि गर्ने

 धादिङ नीलकण्ठ नगरपालिका–२ तीनघरेका रणबहादुर बिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

७५ बर्सिय बिकको सदरमुकामस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। पाँच दिनअघि ज्वारो आएर धादिङ अस्पताल आइपुगेका थिए।

परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएपछि उनी आइसोलेसलमा भर्ना भई उपचाररत थिए। बिकलाई यस अघि पनि निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ।

यसअघि उनले तिनघरेमा पसल व्यवसाय गर्दै आएका थिए। बिकको शव उनका परिवार र आफन्तले नेपाली सेनाको जिम्मा लगाएको छ ।

गाउँमा संक्रमण फैलिन सक्ने खतरा भएकाले शव सेनाको जिम्मा लगाइएको मृतक बिकका भाई टेकबहादुर बिकले बताए।

टिप्पणीहरू