सेनाभित्रै संक्रमित बढ्दो, उसैलाई भ्याइनभ्याइ

सेनाभित्रै संक्रमित बढ्दो, उसैलाई भ्याइनभ्याइ

कोरोना महामारीले सेनामा पनि अवस्था निकै अप्ठेरो बन्दै गएको छ । सरकारले अत्यावश्यक भनेकाले उसका अपरेशन, कन्ट्रोललगायतका निश्चित युनिट मात्र क्रियाशील बन्न बाध्य भएको छ ।

जंगी अड्डाका धेरैजसो हाकिम वर्क फ्रम होम मोडालिटीमा सक्रिय छन् । गत सातादेखि नै सेनाको सबै अड्डामा एक तिहाई कर्मचारीले काम गर्न थालेका थिए ।

कोरोना संक्रमण रोकथाममा परिचालित सेनाका विभिन्न युनिटले आवश्यक परेको स्थानमा अक्सिजनलगायतका सामान पुर्याउने,आकस्मिक हवाई उडान र शव व्यवस्थापनको कार्य गरिरहेका छन् ।

तीन सय बेडको अस्पताल भएपनि सेनालाई आफैँभित्र बढ्दै गएको संक्रमितको संख्या व्यवस्थापन गर्न यतिखेर महाभारत भएको छ । सेनाभित्र अहिले तीन सय जना सक्रिय संक्रमित देखिएका छन् । तीमध्ये सामान्य लक्षण देखिएकालाई घरमै सुरक्षितसँग बस्न भनिएको छ ।

नेपाली सेनाभित्र पछिल्लो समयमा दैनिक ६० जनादेखि माथिमा संक्रमण पुष्टि हुन थालेको बताइन्छ ।

टिप्पणीहरू