कर्णेललाई गर्ने जम्मा यत्ति हो कार्वाही ?

कर्णेललाई गर्ने जम्मा यत्ति हो कार्वाही ?

दोलखा बोच जन्म र हाल काठमाडौँ एयरपोर्ट कालिमाटीडोल घर भएका तत्कालीन गणपति तथा हालका प्रमुख सेनानी बालकृष्ण कार्कीलाई काठ काण्ड,केटी काण्ड,सैन्य भर्ना गर्दा प्रतिव्यक्ति डेढ लाखदेखि दुई लाखसम्म निजको बाबु भू.पू. उपसेनानी ललितबहादुर कार्कीमार्फत असुलेको जस्ता अनेक प्रकरणमा पर्दा पनि केही गरिएन ।

सुर्खेतबाट मुभ हुँदा जवानलाई सीधै एयरपोर्ट ब्यारेकमा हाजिर हुन जान आदेश दिई धेरै मान्छेको सामेली देखाएर भत्ता लिएका हुन् ।

यसको छानबिनका लागि झण्डै डेढ महिना महाराजगञ्ज ब्यारेकमा थुनिएको पनि हो तर कांग्रेस पार्टीका केही नेता र बहिनी–ज्वाइँ प्राड (कानून हेर्ने) प्रमुख सेनानी अनिल सुवेदीको अनुनय–विनयपछि साधारण सजायँ मात्र दिएर सैनिक अदालतले निजलाई उम्काएको छ ।

फितलो अनुसन्धान गरी चिफ साूबको आँखामा छारो हालिएको छ । भ्रष्टाचारमा शून्य सहनशीलताको नारा लगाउने प्रधानसेनापतिको अभियानमा के कारणले रोक लागेको हो बुझ्न सकिएन । अहिले निज कर्णेल र निजको बुबा ललितबहादुरले अहिलेका अलि कडा चिफ साउनमा घर गइहाल्छ,त्यसपछि त बचिहाल्यो नि भनेर गफ लाएको सुन्दा अचम्म लागेको छ।
सैन्य भर्ना र अन्य गल्तीवापत कति सैनिकलाई कडा कडा कारबाही भयो यसनिम्ति सम्मान गर्नैपर्छ तर निजलाई सरुवा र साधारण कारबाही मात्र गरेको देख्दा अचम्भित भएका छौं । यसमा पुनर्विचार गरी सबैलाई एकनासले हेरी कारवाही होस् भनी प्रधान सेनापतिसमक्ष निवेदन गर्दछौं ।

(नेपाली सेनाका स्वच्छ आँखाहरू)

टिप्पणीहरू