खोप लगाउने हो ? अनलाइन फाराम भर्नुहोस्

खोप लगाउने हो ? अनलाइन फाराम भर्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मंत्रालयले कोरोनाविरुद्धको खोप लगाउन चाहनेलाई अनलाइन फाराम भर्न अनुरोध गरेको छ ।

मन्त्रालयले ७ वटा प्रदेशका ७७ वटै जिल्लामा खोप लगाउन चाहने १८ वर्ष वा सोभन्दा माथि उमेरका नागरिकलाई तोकिएको अनलाइन फारम भरेर पहिले नै नाम दर्ता गर्न आग्रह गरेको छ ।अभियानको समयमा नाम दर्ता गर्न निकै कठिनाइ पर्ने विगतको अनुभवलाई दृष्टिगत गरी अवस्थालाई सहज बनाउन र समयको बचत गर्न अनलाइन फर्म भर्न अनुरोध गरिएको मन्त्रालयले बताएको छ ।

अनलाइन फाराम दर्ता नगरेकाहरुलाई पनि खोप लगाउनबाट भने बञ्चित नगराइने मन्त्रालयले स्पष्ट पारेको छ ।

टिप्पणीहरू