कोरोनाले उदयपुरका चारको मृत्यु
आज कोभिड – १९ का कारण उदयपुरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० का ६३ वर्षीय खगेन्द्र मगर,वडा नम्बर ३ का ४८ वर्षीय विष्णु चौधरी,वडा नम्बर १२ डिएम गेटका ५१ वर्षीय मोहमद इकराइन र चौदण्डीगढी –५ का ५६ वर्षीय हरिराज कोइराला रहेका छन ।
मृतकहरुमध्ये मगर उदयपुर कोभिड १९ अस्पताल बेल्टार सातधारेमा उपचारत थिए । उनलाई चार दिनअघि सो अस्पतालमा भर्ना गरिएको थियो । त्यसैगरी चौधरीको बिएण्डसी अस्पताल बिर्तामोड झापा, कोइरालाको नोबल अस्पताल विराटनगर र राइनको ग्रीनक्रस अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
उदयपुरमा कोरोना संक्रमितको संख्या ३७९ पुगेको छ भने १४ जना निको भएका र १२ जनाको मृत्यु भएको छ । संक्रमण दर बृद्धिसँगै मृत्यु दर पुगेपछि निषेधाज्ञालाई अझ कडा बनाउनु पर्ने माग सर्वसाधारणले गरेका छन् ।
टिप्पणीहरू