यत्तिका अवैध हतियार किन थुपारियो ?

यत्तिका अवैध हतियार किन थुपारियो ?

खोटाङमा अवैध हातहतियारसहित चार जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–११, राजापानी धुस्रेनीबाट विभिन्न हातहतियार तथा अवैध सामानसहित ४ जनालाई शनिबार राति प्रहरीले समातेको हो ।

पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय डम्बरबहादुर कार्की,उनकै भाइहरु ३५ वर्षीय द्रोणकुमार कार्की तथा २६ वर्षीय रविन्द्र कार्की र ७४ वर्षीय कृष्णबहादुर बिक रहेका छन् ।

उनीहरुमध्ये डम्बरबहादुरको घरबाट १ थान भरुवा बन्दुक,५० ग्राम बारुद,३९ बट्टा सलाई,२५ ग्राम गन्धक,१ किलो ६ सय ८० ग्राम सोडा,भरुवा बन्दुकमा प्रयोग हुने फलामकोे छर्रा,सिङसहित मृगको टाउको,सालकको ४ सय ८० ग्राम खबटा प्रहरीले बरामद गरेको छ ।

त्यसैगरी द्रोणकुमारको घरबाट १ थान भरुवा बन्दुक,उक्त बन्दुकमा प्रयोग हुने फलामको छर्रा,१ किलो २ सय ग्राम सोडा,४० ग्राम गन्धक फेला परेको छ । रविन्द्रको घरबाट पनि १ थान भरुवा बन्दुक,५० ग्राम फलामको छर्रा र कृष्णबहादुरको घरबाट बनाउँदै गरेको बन्दुक १ थान, भरुवा बन्दुकको नालजस्तो देखिने ५ थान फलामका पाइप,भरुवा बन्दुकको गज जस्तो देखिने १ थान फलामको रड,बन्दुक बनाउने फलामको छिनो,रेती समेतका औजार र सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले घर तलासी गर्दा उक्त हातहतियार फेला पारिएको बताइएको छ ।

 

 

टिप्पणीहरू