७५ लाखको राहत ल्याउन डेढ करोड खर्च
खुशीको कुरा हो कि,खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकले स्वदेश दुखेको बेला आफ्नो गाँस कटाएर राहत सामाग्री पठाए ।
खाडी मुलुकमा कार्यरत नेपालीमध्ये कतारबाट ३५ लाख, बहराइनबाट २० लाख,ओमानबाट १५ लाख,संयुक्त अरब इमिरेट्स (यूएई) बाट १५ लाख,साउदी अरबबाट १३ लाख र कुवेतबाट १० लाख उठाएर शनिवारै ५ सय ६० थान सिलिन्डर पठाएका हुन्,जुन सामाग्री शनिवार नेपाल आइपुगेको छ ।
यसरी पठाइएको ग्यास सिलिण्डरको मूल्य ६३ हजार ७ सय डलर अर्थात नेपाली ७५ लाख १६ हजार हाराहारी हुन आउँछ ।
यो सामाग्री सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको विमान चार्टड गरी ल्याइएको थियो ।
पठाइएको राहत सामाग्रीभन्दा यो सामाग्री नेपाल ल्याउँदा खर्च झण्डै दोब्बर भएको छ र यो राहत पठाएको एक्लो श्रेय दिई ओमानमा तैनाथ राजदूत शर्मिला ढकाल पराजुलीको नाम प्रचार गराइएको छ ।
नेपाल एयरलायन्स स्रोतका अनुसार ओमनमा हाम्रो नियमित उडान छैन । चार्टर गर्दा प्रतिघण्टा १५ हजार ५२० डलर अर्थात १८ लाख ३१ हजार ३ सय ६० हाराहारीमा शुल्क लाग्छ । (आरएको विशेष स्रोतका अनुसार चार्टर गर्दा एकमुष्ट १५ हजार ५२० डलरमै सबै खर्च जोडिन्छ ।) ( क्रु मेम्बरको टिएडीए,तेल,नेभिगेशन,पार्किङ्गलगायत सबै,त्यसमा अतिरिक्त शुल्क जोडिँदैन ।)
नेपालबाट ओमन जाने र आउने गर्दा कम्तिमा आठ घण्टा लाग्छ । सोको हिसाब गर्दा १ करोड ४६ लाख ५० हजार ८ सय ८० रुपैयाँ हुन आउँछ ।
नेपाली मूल्यअनुसार झण्डै ७५ लाखको सामाग्री ल्याउन डेढ करोड खर्च भएको विवरण आरएनएसीले उपलव्ध गराएको छ ।
यो खर्च ब्यहोर्ने कसले हो ? राहत ल्याउनै हुन्न भन्ने होइन,नेपालीको रगत,पसिना र माया मिसिएको छ यसमा तर बेलैमा सरकारले सस्तो र सुलभ हिसाबले नजिकका मुलुकबाट यस्ता सामग्री ल्याउन किन ध्यान दिएन ?
टिप्पणीहरू