श्वासप्रश्वासमा समस्या भएपछि बागलुङकी महिलालाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

श्वासप्रश्वासमा समस्या भएपछि बागलुङकी महिलालाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

-राजेशचन्द्र राजभण्डारी
श्वासप्रश्वासमा समस्या भएपछि बागलुङकी एक महिलालाई थप उपचारको लागि काठमाडौं लगिएको छ ।

सफल पोलिक्लिनकमा उपचाररत बागलुङ नगरपालिका –२ की ३२ वर्षीया महिलाको अक्सिजन लेबल घटेपछि सोमबार काठमाडौं लगिएको हो ।

आइतबार राति श्वासप्रश्वासमा समस्या भएपछि सफल पोलिक्लिनकमा भर्ना महिलालाई थप उपचारको लागि काठमाडौंको भैसिपाटीमा रहेको मेडिसिटि अस्पताल पठाइएको बागलुङ नगरपालिका वडा नम्बर २ का वडा सदस्य अर्जुन घिमिरेले बताए ।

उनका अनुसार सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो । स्वासप्रस्वासमा समस्या आई अक्सिजनको मात्रा कम भएपछि काठमाण्डौ पठाईएको घिमिरेले बताए । महिलाको कोरोना परिक्षण भने गरिएको छैन ।

टिप्पणीहरू