‘अनमोल प्राण वायु: अभावमा नजाओस् आयु’

‘अनमोल प्राण वायु: अभावमा नजाओस् आयु’

उदयपुरको बेलकामा अक्सिजन प्लान्ट स्थापना अभियान शुरु भएको छ ।  आउँदो एक सय दिनभित्र मनकारी मानिसहरुको सहयोग र समर्थनमा सो प्लान्ट स्थापना गरिने भएको छ ।

यस कार्यको निम्ति उदयपुरमा ३० वर्षअघिदेखि लाखे भनेर फुर्के जोडिएका सम्पत्तिवाला कर्णबहादुर बिष्टले एक लाख रुपैयाँ दिनुभएको छ भने अन्य व्यक्तिबाट पनि सहयोग आउने क्रम जारी छ ।

प्लान्ट स्थापनाको लागि बेलका नगरप्रमुख दुर्गाकुमार थापा,उपप्रमुख राजकुमारी चौधरी, सदस्यरु सुशील सेढाई,मनोज तामाङ,सुरेन्द्र राई,सुकदेव चौधरी, मनकुमारी राई,ध्रुव राई र सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत अजुर्न निरौला रहेको १० सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा स्थानीय सबै राजनीतिक दलका प्रतिनिधिहरुलाई समावेश गरिनुका साथै लब्धप्रतिष्ठित समाजसेवीहरुलाई पनि समेटिएको छ । प्लान्ट स्थापना गर्नको लागि जिल्लाका माननीय, गैरसरकारी संस्था,नेपाल रेडक्रस सोसाइटी जिल्ला जनस्वास्थ्य कार्यालयसमेत रहेकोे एक सल्लाहकार समिति पनि गठन भएको छ ।

स्मरणीय छ, उदयपुरका कुनै पनि अस्पताल वा निजी क्षेत्रमा अहिलेसम्म अक्सिजन प्लान्ट स्थापना भएको छैन । उदयपुर जिल्ला अस्पतालमा पनि निकट भविष्यमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रक्रिया बढेको छ ।

उदयपुरको बेलका नगरपालिकाले कोरोना संक्रमित बिरामीहरुलाई अक्सिजनको अभाव हुन नदिन ‘अनमोल प्राण वायु: अभावमा नजाओस् आयु’ को नारासहित अक्सिजन प्लान्ट राख्ने तयारी गरेको हो ।

टिप्पणीहरू