कोरोनामा धनी हुन खोज्ने ६ जना पक्राउ

कोरोनामा धनी हुन खोज्ने ६ जना पक्राउ

कोरोना कहरमा निषेधाज्ञाको उल्लंघन गर्दै मदिरा पसल सञ्चालन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राजविराज नगरपालिका, विष्णुपुर र छिन्नमस्ता गाउँपालिकामा मदिरा पसलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई संक्रमण ऐनअन्तर्गत कारबाही प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

त्यसैगरी निषेधाज्ञा उल्लंघन गरी सवारी साधन चलाउने, मास्क नलगाई हिँड्ने, अनधिकृत रुपमा भींडभाड गर्ने, मदिरा पसल खोल्ने जस्ता निषेधित क्रियाकलाप गर्ने २ हजार ६ सय ४८ जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताउनुभयो ।

पक्राउ परेकाहरुलाई जनही एक सय रुपैयाँका दरले जरिवाना असुल गरिएको छ ।

टिप्पणीहरू