बिहान सबेरै भूकम्प, लमजुङमा केही घरमा क्षति
आज बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।
लमजुङमा भूकम्पका कारण केहि घरमा नोक्सान पुगेको छ भने ३ जना घाइते भएका छन् । याे २०७२ सालकाे भूकम्पकाे पराकम्प भएकाे बताइएकाे छ ।
भूकम्पको धक्का काठमाडौँ , पोखरा, चितवन लगायतका ठाउँमा महशुस गरिएको थियो ।
टिप्पणीहरू