मरुवा र उत्तिसेको भीरबाट चिप्लँदा दुईको ज्यान गयो
उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मरुवाखानीकी २८ वर्षीया गीता बिकको घाँस काट्दा भीरबाट लडेर मृत्यु भएको छ ।
मरुवाखानीको जङ्गलमा घाँस काट्न गएकी उनको चिप्लिएर मृत्यु भएको अनुमान प्रहरीले लगाएको छ । उनी बुधबार दिउँसो घाँस काट्न गएकी थिइन् । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
त्यसैगरी गाईवस्तुको गोठाला गर्न गएका एक युवाको भीरबाट लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार सोलुखुम्बु जिल्ला थुलुङ दूधकोशी गाउँपालिका ५ का २८ वर्षीय सीताराम बस्नेत वस्तुभाउ चराउँदै जाँदा उत्तिसे भीरबाट लडेर ज्यान गुमाउन पुगेका हुन् ।
बुधबार दिउँसो गाईवस्तु चराउन गएका बस्नेतको शव भीरमुनि मृतावस्थामा देखेपछि स्थानीय प्रहरीलाई अन्य गोठालोहरुले खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू