करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर २ जनाको मृत्यु

धादिङ र चितवनमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका–८, अमरावतीस्थित दिदीको घरमा बस्दै आएका सोही नगरपालिका–४ पौवा घर भएका ४२ वर्षीय श्यामप्रसाद वस्तीको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । स्थानीय गिहरीको रुखमा चढी घाँस काट्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

उता चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुर कृषि क्याम्पसमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर स्थानीय सौगात चोक डेरा गरी बस्ने भारत घर भएका १९ वर्षीय सुधीर दासको आइतबार साँझ मृत्यु भएको छ ।

ट्रस लगाउने क्रममा वेल्डिङ गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको पूरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू