प्रहरी परिवारलाई प्रहरीको स्वास्थ्य सामाग्री

प्रहरी परिवारलाई प्रहरीको स्वास्थ्य सामाग्री

बर्दियाको बढैयाताल गाउँपालिकामा बसोबास गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर तथा अशक्त प्रहरीका परिवार गरी ९० घरधुरीलाई सोमबार सर्जिकल मास्क र साबुन समेतका स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

कोभिड–१९ को महामारीबाट बच्न सुरक्षा मापदण्डको पालना र सचेतना आवश्यक परेको अवस्थामा नेपाल प्रहरीको वार्षिक कार्ययोजना २०७७, कल्याणकारी योजनाहरुको क्षेत्र र पहुँचवृद्धि कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय बर्दियाले उक्त सामाग्री वितरण गरेको हो ।

यसअघि जेठ १३ गते समेत राजापुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर तथा अशक्त प्रहरी परिवारका ३० घरधुरीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको उक्त कार्यालयले जनाएको छ ।

टिप्पणीहरू