मृगौला रोगीलाई लकडाउन अभिशाप : यातायात र रगतको खर्चकालाागि पालिकासँग याचना

मृगौला रोगीलाई लकडाउन अभिशाप : यातायात र रगतको खर्चकालाागि पालिकासँग याचना

-आशिका लम्साल

विराटनगर, धनकुटा नगरपालिका ७ की ४७ बर्षिया गंगा श्रेष्ठका दुबै मृगौला फेल भएकोले उनी विराटनगर स्थित कोशी अस्पतालमा एक बर्षदेखी रगत डायलासिस गराउँदैछन ।  समान्य अवस्थामा बसमा यात्रा गरेर हप्तामा दुई दिन विराटनगर आएर रगत डायलासिस गराएर फर्केदै गरेकी उनी लकडाउनपछि भने छोरीको सहयोगमा विराटनगरमै कोठा भाडा लिएर बस्न थालेकी छन ।

लकडाउनमा एम्बुलेस वा अन्य गाडी रिजर्व गरेर आउँदाजाँदा ७ हजार एक पटकमा खर्च हुन्छ । यसैले आमालाई मासिक ४ हजार रुपैयामा डेरा खोजेर विराटनगरमै राख्न थालेको कान्छी छोरी राजकुमारी श्रेष्ठले बताइन ।

छोरीका अनुसार काठमिस्त्रीको काम गरेर दैनिक गुजारा चलाउने गरिब परिवार भएकोले आमा गंगाको उपचारमा आफन्त र स्थानियहरुले चन्दा उठाएर सहयोग गर्दै आएका थिए । तर लकडाउनले गर्दा अहिले चन्दा संकलन गर्नसक्ने अवस्था पनि छैन ।

मोरङ धनपालथान गाउँपालिका ५ की २४ बर्षिया अनिता कामत पनि कोशी अस्पतालमा नियमित रगत डायलासिस गराइरहेकी छन । निर्धन परिवारकी उनी पनि लकडाउनलेगर्दा हरेक पटक दुई हजार रुपैया टेम्पो भाडा तिरेर अस्पताल धाउन बाध्यछिन ।

आर्थिक अभाव जर्जर भएकोले उनी डायलासिसका लागि प्रतिपिन्ट हजार रुपैया तिरेर रगत जुटाउन पनि असर्मथ छिन । धन्न अहिलेसम्म छरछिमेक र मनकारी दाताहरुले सहयोग गरिरहेकोले उनी बाँच्न सफल भैरहेकी छन ।

यस्तै अवस्था छ रतुवामाई नगरपालिका ४ की ३५ बर्षिया हैरानीदेवी राजबंशीको पनि । सात महिनादेखी कोशी अस्पतालमा रगत डायलासिस गराइरहेकी उनको नत जग्गा जमिन छ नत आफन्तहरु नै । चन्दा संकलन गरेर दिदी बहिनीको सहयोगमा रगत डायलासिस गराउन आइरहेकी उनी लकडाउनले गर्दा थप मारमा परेकी छन ।

रतुवामाई नपा ६ की ५० बर्षिया बिष्णुकुमारी बस्नेतले डायलासिस गराएको एक बर्ष भयो । अरुबेला सार्वजनिक यातायातमा चढेर श्रीमानसँग अस्पताल आउने उनी पनि लकडाउनले गर्दा महंगो टेम्पो वा एम्बुलेसन्को भाडा तिर्न बाध्यछिन ।

यस्तो समस्या भोग्ने मृगौला विरामीहरु त केही उदाहरण मात्र हुन । लकडाउनको समयमा यातायात , रगत र औषधीको खर्च अभावको चर्को मार झेल्न मृगौला रोगीहरु बाध्य भैरहेका छन । अझै पनि जेनेतन आधा जति मृगौला रोगीहरु मात्र अस्पताल सम्म आइरहेका छन । खर्च अभावमा धेरै रोगीहरु लकडाउनमा उपचार अभावमा ज्यानगुमाउन बाध्य भैरहेका छन ।

भुक्त्तभोगी विरामी र उनीहरुका आफन्तका अनुसार असक्त्त रोग लागेपछि सरकारले प्रदान गरेको निशुल्क रगत डायलासिस सेवा लिन लकडाउनले गर्दा निर्धन मृगौला रोगीहरुलाई धेरै सकस परिरहेको छ ।

निशुल्क डायलासिस बाहेक हप्तामा हजारौको महंगो औषधी किनेर खानुपर्ने र दुईतीन पटक डायलासिस गर्दा आवश्यक रगत र औजारहरु पनि जुटाउनुपर्ने हुन्छ । लकडाउनले गर्दा सधै रगत दिने दाताहरु पनि पाइदैन ।यसैले ब्लड बैकबाट खरिद गर्नुपर्ने हुन्छ । तर लकडाउनमा रक्त्त संकलन कार्य नहुँदा ब्लड बैकमा पनि भनेको रगत पाउन हम्मे हम्मे पर्छ ।

यातायात खर्चकालागि पालिकासँग याचना

महामारीको बेला गरिब रोगीहरु डायलासि सेवाबाटै बन्चित भैरहेको विरामी बिष्णुकुमारीका श्रीमान भवानी बस्नेत बताउँछन । उनका अनुसार लकडाउनको समयमा गरिब मृगौला विरामीहरुलाई अस्पतालसम्म ल्याउनेलाने यातायात र रगतको व्यवास्थापन स्थानिय पालिकाले मिलाइदिए धेरै राहत उनी बताउँछन ।

श्रीमतीको उपचारमा आफनो भएको जायजेथा सबै बिक्रि गरिसकेका भुक्त्तभोगी बिष्णुका अनुसार मृगौला रोगीलाई पालिकाहरुले कार्ड बनाउँदा ५ हजार दिने बाहेक अरु कुनै सहयोग गर्ने गरेका छैनन । रगत डायलासिस गराइरहेकी श्रीमतीलाई पर्खेर बसिरहेका श्रीमान बिष्णुले भक्कानिदै भने , ‘सरकारले चाहेमा सिमित विरामीहरुका लागि त्यत्ति गर्न नसकिने पनि हैन तर गरिब रोगीहरुलाई कसैले हेर्दारहेनछन उपचार सेवा लिन धाउन नसकेर हाम्रै गाउँका दुई जना रोगीहरुले अकालमै ज्यान गुमाइसके ।,

लकडाउने गर्दा मृगौला रोगीहरुलाई यातायात खर्च मात्र नभएर कोरोना संक्रmमण हुने र अर्कोतिर औषधीको पनि अभाव हुने जोखिम पनि उच्च छ । मृगौला रोगीहरुको प्रतिरोधक क्षमता कम हुने भएकोले कोरोना भाइरसकेको संक्रमणको त्रास उच्च हुन्छ । भनेको बेलामा रगतको जोहो नहुने र समयमा पालो नआउँदा पनि विरामीहरुले थप सास्तप् पाउनेगर्छन ।

अर्कोतिर निरन्तर लकडानले गर्दा निरन्तर खाइरहनुपर्ने औषधीको अभाव भैदिँदा झन समस्या थपिन्छ । आफन्तहरुका अनुसार एक जना मृगौला रोगीले हप्तामा ३ हजारदेखी ३० हजार सम्मको अँौषधी खानुपर्ने हुन्छ । आर्थिक अवस्था सवल भएका विरामीहरुले घरैमा डायलासिस गराउने र औषधी पनि स्टक राख्ने गरेका छन । तर निर्धन विरामीहरु भने ईन्तु न चिन्तुको अवस्थामा हुन्छन ।

कोशी अस्पताल विराटनगरका फिजिसियन डाक्टर रोशन खडका लकडाउनले गर्दा डायलासिस गराउन आउने बिरामीहरु दैनिक पचास प्रतिशत घटेको बताँउछन । उनका अनुसार समान्य अवस्थामा दैनिक १० जना सम्म विरामी आउने गरेकोमा हाल ४ देखी ५ जना सम्म मात्र आइरहेका छन ।

कोशी अस्पतालमा चार वटा मेसिनबाट डायलासिस सेवा प्रदान गरिदै आएको छ । डा खडकाले पनि लकडाउनले गर्दा बिरामीलाई अस्पतालसम्म आउँदा खर्च बढने र औषधीको अभाव हुनसक्ने बताए । भने , – ‘यस्ता औषधीहरु पसलेहरुले पनि सिमित ठाउँमा सिमिति परिमाणमा मात्र राखेका हुन्छन लामो लकडाउन भैरहेमा औषधीको अभाव हुदैन भनेर भन्न सकिदैन ।,

कोशीमा मात्र नभएर विराटनगर स्थित नोबेल र विराट मेडिकल कलेज, नेशनल किडनी सेन्टर , गोल्डेन अस्पताल सबैतिर लकडाउनले डायलासिस गराउन आउने विरामीहरु घटेका छन ।

नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दहालका अनुसार विरामीलाई यातायात र औषधीको समस्या मात्र नभएर लामो लकडाउने ल्याबमा केमिकलको अभाव हुनसक्ने भएकोले सेवा सुचारु राखिराख्न चुनौती थपिने गरको बताए । उनले भने , ‘तर लकडाउनमा हामीले संक्रमित भएपनि सेवा चाँही दिइरहेको छौ ।’,

एक नम्बर प्रदेशको विराटनगरमा कोशी , गोल्डेन , नोबेल र बिराट अस्पताल र नेशनल किडनी सेन्टरमा डायलासिस सेवा छ । धरानको बिपी स्वास्थ्य प्रतिष्ठान, झापा भद्रपुरको मेची विर्तामोडको बिएमसी , विर्तासिटी , ओमसाई पाथिभरा लगायतका अस्पतालमा पनि डायलासिस सेवा छ ।

प्रदेश १ का डायलासिस सेवा भएका सबै अस्पताल र उपचार केन्द्रहरुमा प्रतिदिन प्रत्येक अस्पतालमा समान्य अवस्थामा दैनिक १० जना जतिले रगत परिवर्तन गराउदै आएका छन । २०६९ मंसिर २२ मा नेपाल सरकारले देशभरका सुविधासम्पन्न अस्पताललाई अनुदाननमा हेमोडायलासिस सेवा दिने सचिव स्तरिय निर्णयबाट सुरु गरेको थियो ।

टिप्पणीहरू