जागिरबाट निकालिएका पशुपतिका कामदार आज पनि सडकमा
गौशालास्थित पशुपतिनाथ मन्दिरमा सरसफाईको काम गर्ने श्रमिकहरु आज पनि आन्दोलनमा उत्रिएका छन् ।
आफूहरुलाई जबर्जस्ती कामबाट हटाएको भन्दै त्यसविरुद्ध संघर्ष गरिरहेका करारका कामदारले आज बिहानैदेखि पशुपति क्षेत्र विकास कोषको कार्यालय अगाडि धर्ना दिएका हुन् । एकीकृत ट्रेड युनियन महासंघका अध्यक्ष रवि केसीको नेतृत्वमा श्रमिक शान्ति भट्टराई, कविता पराजुलीलगायत झण्डै तीन दर्जन कामदार अहिले कोषको कार्यालय छिर्ने मूल गेटमा धर्ना बसिरहेका छन् ।
कामबाट निकालिएका श्रमिकहरु विगत पाँच वर्षदेखि पशुपति मन्दिरमा सरसफाई गर्दै आएका थिए । तर, पुस १ गतेदेखि करार अवधि समाप्त भएकोमा कोषले नवीकरण नगरेपछि उनीहरु स्वत: बाहिरिएका हुन् ।
पूर्व जानकारीबेगर एकाएक कामबाट निकालेर आफूहरुमाथि अन्यायपूर्ण व्यवहार भएको, पुरानो तलबसमेत रोकेको भन्दै कामदारहरुले गुनासो गरेका छन् ।
टिप्पणीहरू