पाथीभरा नजिकैको झडपमा घाइते संख्या बढ्दै
पाथीभरा क्षेत्रमा हिजो अपरान्ह भएको झडपमा घाइते संख्या १८ पुगेको छ । स्थानीय बलुडाँडामा निर्माणाधीन केबुलकार विरोधी समूह र सुरक्षाकर्मीहरुबीच भएको भिडन्तमा एक दर्जनबढी सुरक्षाकर्मी र विरोधी समूहका पाँच जना घाइते भएका छन् ।
झडपमा १३ जना सुरक्षाकर्मी र स्थानीय पाँच जना घाइते छन् । पाथीभरामा निर्माणाधीन केबुलकारको मुक्लुमलुङ संघर्ष समिति र केबलकार खारेजी संघर्ष समितिलगायतले विरोध गर्दै आएका छन् ।
आफूहरुमाथि स्थानीयले ढुंगामुढा गरेपछि गोली चलाउन बाध्य भएको प्रहरीले जनाएको छ । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको गोली लागेर धेरै जना घाइते भएको स्थानीयको दाबी छ ।
पहिले अश्रु ग्यास प्रहार गरिएको र स्थानीय आन्दोलनकारी उग्र बनेपछि बाध्य भएर रबरको गोली चलाइएको स्थानीय प्रशासने जनाएको छ ।
टिप्पणीहरू