जहाँ फर्कन पनि तयार
-सुरेशकिरण
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अन्ततः पछाडि फर्कन तयार हुनुभयो । उहाँ पछाडि फर्कन त कुनै हालतमा तयार छैन भन्दै हुनुहुन्थ्यो । अहिले आएरचाहिँ ‘असाधारण निर्णय’ गर्दै पछाडि फर्कन तयार छु भन्न थाल्नुभएको छ ।
उहाँमा आएको यो ‘असाधारण परिवर्तन’ देखेर म पनि चकित हुँदै थिएँ । के भएछ अचानक उहाँलाई ? लौ पछाडि फर्केर २०७५ को जेठ ३ सम्म जाने हो भने पनि जाउँ भन्न थाल्नुभएछ ।
मुख्य कुरा उहाँको पद जोगिनु पर्यो । पद जोगिने हो भने उहाँ २०७५ को जेठ त के २०६५ को जेठसम्मै जान पनि तयार हुनुहुन्छ ।’
उहाँका एक सल्लाहकारसँग यसबारे मैले जिज्ञासा राखेँ, ‘के हो कमरेड,प्रधानमन्त्रीज्यू त जेठ ३ सम्मै फर्कन पनि तयार छु भन्दै हुनुहुन्छ । साँच्चै पछाडि फर्कन उहाँ तयार हुनुभएको हो ?’
सल्लाहकारज्यूले भने, ‘हो । उहाँ तयार हुनुहुन्छ । मुख्य कुरा उहाँको पद जोगिनु पर्यो । पद जोगिने हो भने उहाँ २०७५ को जेठ त के २०६५ को जेठसम्मै जान पनि तयार हुनुहुन्छ ।’
‘२०६५ को जेठ ? यो त धेरै टाढा भयो,’ मैले भनेँ, ‘त्यहाँसम्म फर्कन त किन पर्यो र ? चाहिने जति मात्रै फर्के पनि हुन्छ होला नि !’
‘होइन, चाहियो भने उहाँ अझ २००५ सम्मै फर्कन पनि तयार हुनुहुन्छ । मुख्य कुरा पद जोगिनु पर्यो । फर्केर कुनै पनि कालखण्डमा पुग्न उहाँ तयार हुनुहुन्छ । बुझ्नुभयो ?’ सल्लाहकारज्यूको प्रश्न मेरालागि अनपेक्षित बन्यो ।
टिप्पणीहरू