हेर्दाहेर्दै वरिष्ठ न्यायाधीशहरुले आज के भन्लान् ?
प्रतिनिधिसभा बिघटनबिरुध्दको मुध्दा हेर्नका लागि पुरानै न्यायाधीश सम्मिलित इजलाश तयार भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि आफूसहित वरिष्ठ न्यायाधीशहरुको इजलास तोकेर दुबै पक्षका वकिलहरुको बहश सुनी हेर्दाहेर्दैमा राख्नुभएको हो ।
यसअघि आइतबार जबराले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की,मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित इजलाश गठन गर्नुभएको थियो ।बरिष्ठ न्यायाधीश राखेर इजलाश गठन गर्दा सरकारी पक्षबाट महान्यायाधिवक्ता रमेश बडाल सहितले आइतबार आपत्ति जनाएका थिए । सो पछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको प्रतिनिधि सभा बिघटनसम्बन्धी रिट प्रधानन्यायधीश राणा अस्वस्थ्य भएको कारण देखाई आजका लागि सारिएको थियो ।
आज पुरानै न्यायाधीश राखेर १ नम्बर इजलाश तोकिएको छ । इजलास गठनमै विवाद देखिएपछि मुद्दाको सुनुवाइ मूल विषयमा प्रवेश हुनै सकेको छैन । अस्ति २३ गते ४ घण्टा ४० मीनेट चलेको बहस न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराई इजलाशबाट हट्नुपर्ने वा नपर्नेमै केन्द्रित थियो ।
आज इजलाशको प्रारम्भमै अस्ति प्रश्न उठेका न्यायाधीशद्वयले आफ्नो राय पेश गर्नेछन् ।
टिप्पणीहरू