“अन्तिम आदेश” बिरुध्द अदालत गयो जनमोर्चा
गण्डकीका जनमोर्चा सांसद कृष्ण थापालाई सर्वाेच्चले पद थमौती गरेपछि सोविरुद्ध भ्याकेट निवेदन दर्ता भएको छ ।
प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारी,पियारी थापा,राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय, गण्डकी प्रदेश सभा सचिवालय लगायतले बुधवार सर्वोच्च अदालतमा भ्याकेट दर्ता गराएका हुन् । न्यायाधीश डा.कुमार चुडालको एकल इजलाशले अस्ति २३ गते कृष्ण थापालाई कोही कसैले तलमाथि नगर्नु भनी “अन्तिम आदेश” दिएको थियो ।इजलासले विपक्षीहरूलाई १५ दिनभित्र थापामाथिको कारवाहीबारे लिखित जवाफ दिन पनि आदेश दिएको सन्दर्भमा भ्याकेट निवेदन परेको हो ।
मुद्दामा अन्तरिम आदेश खारेज गर्न माग गरिएको छ । मुद्दा भर्खरै दर्ता भएको छ । पेशी भोलि बिहीबारका लागि तोकिएको छ ।
टिप्पणीहरू