नगद तथा चाँदीको सिक्री चोर पक्राउ
मोरङमा चोरी भएको नगद तथा चाँदीको सिक्रीहित एक जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–८ विश्वकर्मा चोकका २२ वर्षीय अनिलकुमार यादव चोरीको धनमालसहित आज पक्राउ परेका हुन् ।
विराटनगर महानगरपालिका–८ अमर टोलका ५५ वर्षीय राजकुमार श्रेष्ठको घरबाट गए राति नगद ५० हजार रुपैयाँ र अढाई तोला बराबरको चाँदीको सिक्री चोरी भएको घटनाको अनुसन्धान गर्दा उक्त धनमाल अनिल कुमारको घरमा फेला परेको थियो ।
उनीमाथी चोरी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
टिप्पणीहरू